फाइनान्सियल टेक्नोलाेजी सबैभन्दा चुनौतीको विषय भएको राष्ट्र बैंक गभर्नरको भनाई

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले वित्तीय प्रविधि(फाइनान्सियल टेक्नोलाेजी) सबैभन्दा चुनौतीको विषय बन्दै गएको बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुमा लागत बढ्दै गएको हुँदा मर्जर आवश्यक भएको तर्क दिँदै उनले वित्तीय प्रविधिमा पनि दिनप्रतिदिन लगानी बढ्दै गएको बताएका हुन् ।

‘सूचना प्रविधिमा ठूलो लगानीको आवश्यकता छ, बैंक तथा वित्तीय संस्था सवल भए लगानी बढाउन सक्छन्,’ उनले भने ।

राष्ट्र बैंकद्धारा सोमबार आयोजित मौद्रिक नीति सम्बन्धि छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

यसअघि पनि अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय क्षेत्रमा प्रविधिको प्रयोगमा अझै विश्वस्त हुन नसकिएको धारणा सार्वजनिक गरेका थिए ।

माध्यम

Leave a Reply