ब्रिटिस एअरवेज डाटा चोरीमा दोषी ठहर, २२ करोड ९० लाख ७० हजार अमेरिकी डलर जरिवाना

Technology Khabar २३ असार २०७६, सोमबार

ब्रिटिस एअरवेज डाटा चोरीमा दोषी ठहर, २२ करोड ९० लाख ७० हजार अमेरिकी डलर जरिवाना

काठमाडौं ।

लण्डन । बेलायती विमान कम्पनी ब्रिटिस एअरवेजलाई लाखौँ यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै १८ करोड ३० लाख ३९ हजार पाउण्ड सटर्लिङ (२२ करोड ९० लाख ७० हजार अमेरिकी डलर) जरिवाना गरिएको छ ।

कम्पनीलाई गत वर्ष सेक्यूरिटी सिस्टममा भएको घुसपैठमार्फत डाटा चोरीको आरोपमा विमान कम्पनीको मातृ समूह इन्टरनेशनल एअरलाइन्स ग्रुप (आएजी) ले सोमबार जनाएको छ ।

ह्याकरहरूले गत बर्ष विमानका लाखौँ यात्रुहरूको तथ्याङ्क तथा बैंक विवरण चोरी गरी कानूनविपरित काम गरेको अभियोग लागेको हो ।

बेलायतको इन्फर्मेशन कमिसनर्स अफिस अर्थात सूचना आयुक्तको कार्यालयले लगाएको सो जरिवानामा कम्पनीले असन्तुष्टि व्यक्त गरेको छ ।

आइएजीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बेलायतको तथ्याङ्क संरक्षण ऐन अनुसार बेलायतको सूचना आयुक्तको कार्यालयले ब्रिटिस एअरवेजलाई कुल १८ करोड ३० लाख ३९ हजार पाउण्ड स्टर्लिङको जरिवाना गरिएको छ ।’

कार्यालयकाअनुसार सो घट्नामा ब्रिटिस एयरबेजको वेबसाइटलाई फ्रड गर्ने साइटमा रिडाईरेक्ट गरिएको थियो । जसमा ५ लाख यात्रुहरुको डाटा दूरुपयोग गरिएको थियो ।

सो घट्ना गत वर्ष २०१८ अक्टोबरमा सार्वजनिक भएको थियो । जसमा यात्रुको नाम, ईमेल, क्रेडिट कार्ड नम्बर, कार्डको समय सकिने अवधि, कार्डमा हुने तीनवटा सीसीभी नम्बरहरु चोरिएका थिए । तर त्यसमा यात्रुको पासपोर्ट र यात्रा बिबरणहरु भने सुरक्षित थिए ।

आइएजीका अनुसार यो जरिवाना रकम ब्रिटिस एअरवेजको सन् २०१७ मा भएको खूद मुनाफाको १.५ प्रतिशत बराबर हो । एजेन्सी

easy care

प्रकाशित: २३ असार २०७६, सोमबार

ताजा समाचार