मुक्तिनाथ विकास बैंक र खल्ती डिजिटल वालेट बिच डिजिटल भुक्तानीका लागि सम्झौता

Technology Khabar २२ असार २०७६, आईतवार

मुक्तिनाथ विकास बैंक र खल्ती डिजिटल वालेट बिच डिजिटल भुक्तानीका लागि सम्झौता

काठमाडौं ।

काठमाडौं । मुक्तिनाथ विकास बैंक र खल्ती डिजिटल वालेट बिच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले आइतबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त सम्झौता समारोहमा खल्तीका व्यापार विकास अधिकृत आदित्य थापा र मुक्तिनाथ विकास बैंकका डिजिटल बैंकिङ शाखा प्रमुख राजेन्द्र पाण्डेको समेत उपस्थिति रहेको थियो ।

सम्झौताअनुसार अब मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन्।

‘हामी खल्ती वालेटसँग सहकार्य गरी हाम्रा ग्राहकहरुमाझ खल्तीको सजिलो मोबाईल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा अत्यन्तै उत्साहित भएका छौँ । यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेको महसुस गरेका छौँ ,’मुक्तिनाथ विकास बैंकका प्रमुख सञ्चालन अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङले भने ।

‘हामी मुक्तिनाथ विकास बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नुपर्दैन । उहाँहरुले बैंकबाट सिधै ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नुहुनेछ,’ खल्तीका निर्देशक ध्रुब अधिकारीले भने ।

हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाख भन्दा बढि रहेको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २२ असार २०७६, आईतवार

ताजा समाचार