Technology Khabar २२ असार २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । यसअघि माइक्रोसफ्टले फोल्डेबल सर्फेस ट्याबलेट बनाउने चर्चा आएको थियो । तर अब एप्पलले पनि सोहि अनुसारको कन्सेप्टमा काम गरिरहेको रिपोर्ट आएको छ ।
अमेरिकी टेक कम्पनी एप्पलले अब फोल्डेबल आइप्याडमा आफ्नो ध्यान केन्द्रित गरिरहेको बताईएको छ । कम्पनीले आइप्याडमा फ्लेक्सिबल डिस्प्ले राख्ने तयारी गरेको छ जून ११ देखि १५ इन्चको साइजमा हुने छ ।
एप्पलले सो आइप्याड आगामी वर्षमा नै लन्च गर्ने तयारीका साथ तिब्ररुपमा काम गरिरहेको रिपोर्टमा उल्लेख छ ।
यसबाहेक उप्पलले ए सिरिजको हाइइण्ड प्रोसेसरहरुलाई ५जी युक्त बनाउन पनि काम गरिरहेको छ । एप्पलले हालसम्म ५जी प्रविधियुक्त स्मार्टफोन घोषणा गर्न सकेकोछैन् । एजेन्सी
प्रकाशित: २२ असार २०७६, आईतवार