इन्टरनेट बिस्तार गर्न फेसबुक र गूगलले समुन्द्रमुनी अप्टिकल केबल बिछ्याउने

Technology Khabar २१ असार २०७६, शनिबार

इन्टरनेट बिस्तार गर्न फेसबुक र गूगलले समुन्द्रमुनी अप्टिकल केबल बिछ्याउने

काठमाडौं । फेसबुकले करोडौं मानिसहरुलाई इन्टरनेटको पहुँचमा पुर्याउन नयाँ प्रोजेक्टमा काम गरिरहेको छ । कम्पनीले सिम्बा नामक प्रोजेक्टअन्तरतग अफ्रिकामा अन्डरवाटर केबल्स पुर्याउने भएको हो ।

रिपोर्टअनुसार फेसबुकको सर्भिस फैलाउन इन्टरनेट उपलब्ध गराउने योजना लिईएको हो ।

अफ्रिकामा अन्य महादेशको तुलनामा न्यून इन्टरनेट पेनेटरेशन रहेको छ । यो केबल ३५.९ प्रतिशत मात्र छ । त्यसैले फेसबुकले यो प्रोजेक्टअन्तरगत अन्डरसी केबलको योजना ल्याईएको हो ।

फेसबुकको जस्तै योजना गूगलले पनि लिएको छ । गूगलले पनि अण्डरवाटर केबलको सहयोगबाट इन्टरनेट बिस्तार गर्नेछ । गूगलले यो प्रोजेक्टको नाम इक्वानो राखेको छ ।

डेली मेलको रिपोर्टअनुसार फेसबुकले अन्य कुनै अफ्रिकन टेलिकम कम्पनीसँग सहकार्य गर्दछ वा गर्दैन भन्ने जानकारी छैन् ।

रिपोर्टअनुसार हाई क्यापासिटी फाइबर अप्टिकल केबर कनेक्टिभिटीलाई सुधार गर्न काम गरिनेछ र इन्टरनेटको खर्च पनि कम हुनेछ । गूगल र फेसबुक दुबैलाई यी प्रोजेक्टबाट फाइदा हुनेछ किनकी अझ धेरै अफ्रिकनहरु इन्टरनेटमा जोडिनेछन् ।

गूगलले आफ्नो इक्वानो प्रोजेक्टलाई कन्फर्म गरिसकेको भएपनि फेसबुकको सो सिम्बा नामक प्रोजेक्टको घोषणा भएको छैन् । एजेन्सी

प्रकाशित: २१ असार २०७६, शनिबार

Comments are closed.

Loading...