सामसंगका स्मार्टफोन यूजर्स होसियार ! ‘फेक एप्स’ले स्मार्टफोनमा अपडेट दिने भन्दै रकम माग्ने

काठमाडौं । सामसंगको स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने तपाईँले कुनै न कुनै बेला पक्कै अपडेट गर्नुभएको होला । अझ पुरानो सामसंगको स्मार्टफोन छ भने त अपडेट पनि आउन छोडिसक्यो होला ।

सामसंगको स्मार्टफोनहरुमा ढिला अपडेट आउने गर्दछ भने पुरानो स्मार्टफोनमा त अपडेट पनि आउँदैन् । त्यसैले कयौं ह्याकर तथा डाटा चोर्नेहरुले यहि मौकाको फाइदा उठाएर तपाईँको स्मार्टफोनबाट डाटा चोर्ने गरेका छन् ।

गूगल प्ले स्टोरमा पनि कयौं यस्ता एप्स छन जसले डाउनलोड गरेपछि सामसंगका स्मार्टफोन यूजर्सले आफ्नो स्मार्टफोन अपडेन गर्न सक्ने दाबी गर्दछन् । हालै यस्तै एउटा एप भेटिएको छ जसको नाम अपडेट फर सामसंग एन्ड्रोयड अपडेट भर्सन रहेको छ । हालसम्म यो एप विश्वभर १ करोड पटक डाउनलोड भईसकेको छ ।

हालै आएको एक रिपोर्टअनुसार सेक्यूरिटी रिसर्चर तथा मालवेयर एनालिस्ट एलेक्सेज कुप्रिन्सले सो एपको बारेमा पत्ता लगाएका हुन् । उनले सो एपले प्रयोगकर्ताहरुलाई अपडेटको लागि रकम माग गर्ने वेबसाइटमा लाने गरेको उल्लेख गरेका छन् ।

सो एपले पनि यूजर्सलाई अपडेट दिने दाबी गर्दै एउटा यस्तो पेजमा लान्छ जहाँ अपडेट डाउनलोड गर्नको लागि पैसा तिर्नुपर्ने हुन्छ । अहिले पनि सो एप गूगल प्ले स्टोरमा रहेको छ । सिक्योरिटी रिसर्चर कुप्रिन्सले सो एपलाई प्ले स्टोरबाट हटाउन गूगलसँग कुरा गरेको जानकारी दिएका छन् ।

यो स्पष्ट हुन जरुरी छ की एन्ड्रोयड स्मार्टफोन वा आइफोन अपडेट गर्नको लागि यूजर्सले प्ले स्टोर वा एप स्टोरमा जानुपर्दैन् । कम्पनीले सिधै सिस्टममा नै अपडेट दिने गर्दछ । तरपनि कतिपय यूजर्सले अपडेटको लागि एप स्टोरहरुमा जाने गर्दछ र त्यस्तालाई यी एप्सहरुले फसाउने गर्दछ ।

सेक्यूरिटी रिसर्चरकाअनुसार यो कुनै मालवेयर वा यूजरको डाटा चोर्ने एप्स नभएपनि यो एक किसिमको स्क्याम वा फ्रड हो । यसलाई एडवेयर पनि भन्ने गरिन्छ । किनकी यो एपमा विज्ञापन गरिएको हुन्छ भने यूजर्ससँग थप अगाडि जानको लागि रकमको माग हुन्छ । एजेन्सी