एप्स किन्नको लागि यूजरले ३९.७ बिलियन डलर खर्च गरे, गूगलको स्टोरमा भन्दा आईओएसमा बढि

Technology Khabar २० असार २०७६, शुक्रबार

एप्स किन्नको लागि यूजरले ३९.७ बिलियन डलर खर्च गरे, गूगलको स्टोरमा भन्दा आईओएसमा बढि

काठमाडौं ।

काठमाडौं । एप स्टोरमा हुने खर्च निरन्तर वृद्धि भईरहेको देखिएको छ । हालै सेन्सर टावरले सार्वजनिक गरेको नयाँ रिपोर्टअनुसार आइओएस एप स्टोर र गूगल प्ले स्टोरमा संयुक्तरुपमा ३९.७ बिलियन डलर खर्च पुगेको छ । यो खर्च रकम यूजर्सले सन् २०१९ को पहिलो अर्थ वार्षिकमा गरेका हुन्, जून अघिल्लो वर्षको सोहि अवधिको ३४.४ बिलियन डलर भन्दा १५.४ प्रतिशतले बढि हो ।

एप स्टोरहरुमध्ये एप्पलको एप स्टोरमा यूजरले अधिक खर्च गर्ने गरेका छन् । सो अवधिमा विश्वभरका उपभोक्ताहरुले एप्सको लागि आइओएस एप स्टोरमा २५.२ बिलियन डलर खर्च गरे । यो खर्च अघिल्लो वर्षको २२.६ बिलियन डलरको तुलनामा १३.२ प्रतिशतले अधिक हो ।

एप्पलको एप स्टोरको भन्दा गूगलको एन्ड्रोयड प्ले स्टोरमा हुने खर्च आधा जस्तै रहेको छ । सन् २०१९ को पहिलो अर्ध वार्षिकमा गूगलको प्ले स्टोरमा १४.२ बिलियन डलर खर्च गरेका छन् । यो खर्च अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १९.६ प्रतिशतको वृद्धि हो ।

एप स्टोरहरुमा आइओएसको वृद्धि सोचे अनुसार भएको छैन् । किनकी चीनमा एप्पलको बिक्री कम हुँदा त्यसले वृद्धिमा असर पुर्याएको हो तर पनि सेन्सर टावरले भने आगामी १२ महिनाभित्र चीनको बजार बढ्ने अपेक्षा गरेको छ ।

त्यस्तै एप स्टोरमा सन् २०१९ को पहिलो अर्ध वार्षिकमा एपमा इन्स्टल गर्ने एपहरुको संख्या पनि घटेको छ । कुल ५६.७ बिलियन एप मध्ये १४.८ बिलियन एप मात्र इन्स्टल भएको छ । गूगल प्लेमा भने ४१.९ बिलियन एप इन्स्टल गर्ने संख्या आईओएसको भन्दा २.८ गुणाले बढि हुँदै ४१.९ बिलियन पुगेको छ ।

पहिलो अर्ध वार्षिक अवधिमा सबैभन्दा धेरै डाउनलोड हुने एप्समा ह्वाट्सएप, मेसेन्जर र फेसबुक प्रमुख ३ स्थानमा छन भने त्यसपछि इन्स्टाग्रामलाई पछाडि पार्दै टिकटक चौथो स्थानमा आएको छ । एजेन्सी

Sajilo Visa

प्रकाशित: २० असार २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया