पबजी अनलाइन गेमको लाइट भर्सन भारतमा उपलब्ध

Technology Khabar २० असार २०७६, शुक्रबार

पबजी अनलाइन गेमको लाइट भर्सन भारतमा उपलब्ध
NTC_Advt

काठमाडौं । अनलाइन गेम पबजी नेपालसहित विश्वभर लोकप्रिय गेमको रुपमा छ । अझ छिमेकी मुलुक भारतमा त यसको क्रेज नै देखिन्छ । यहि पबजीको लाइट भर्सन भारतमा लन्च भएको छ ।

प्लेयर अननोन्स ब्याटलग्राउण्डस नामक सो अनलाइन तथा मोबाइल गेमको भारतमा बिहिबारदेखि लाइभ गरिएको हो ।

यसअघि पबजी लाइट पिसी भारतमा गत महिना रजिस्ट्रेशनका लागि खोलिएको थियो तर पनि यसको सर्भर मेन्टेनेन्सको लागि डाउन थियो । अब भने सो गेम लाइभ भएकोहो ।

जुन प्रयोगकर्ताहरुले बीटा भर्सनको प्री रजिस्ट्रेशनको लागि साइन इन गरेका थिए उनीहरुले यो गेम खेल्न सक्नेछन् । त्यस्नै नयाँ प्लेयरहरुले पनि रजिस्ट्रेशन गरेर मात्र खेल्न सक्नेछन् । रजिस्ट्रर्ड यूजरहरुले टाइगर फिनिस एम ४१६ स्क्रीन, चिताह प्याटर्न पारासुट स्कीनलगायतका पहुँच पाउनेछ।

यो लाइट भर्सन लन्च गर्नको लागि पबजीको आधिकारिक वेबसाइटमा गएर पबजी लाइट लन्चर डाउनलोड गर्नुपर्ने हुन्छ । यो इन्स्टल भएपछि प्लेयरले एकाउन्ट लगइन गरेर खेल्न सक्नेछन् ।
पबजी लाइटको डाउनलोड साइज २.४ जीबी छ । यो लाइट भर्सन हाल हंगकंग, ताइवान,ब्राजील र बंगलादेशमा मात्र उपलब्ध रहेको थियो भने अब भारतमा पनि लाइभ भएको हो ।

पबजी लाइट गेम लो एण्ड हार्डवेयर भएका कम्प्यूटर वा मोबाइलको लागि तयार पारिएको हो । यो लाइट भर्सनमा ओरिजिनलको जस्तो अनुभव भने गर्न सकिँदैन् ।

यो गेम खेल्नको लागि कम्तिमा विण्डोज सेभेन अपरेटिंग सिस्टम हुनुपर्नेछ भने इन्टेल कोर आई थ्री प्रोसेसर तथा ४ जीबी र्याम हुन आवश्यकछ । त्यस्तै एचडी ग्राफिक्स कार्डका साथै स्टोरेज पनि न्यूनतम ४ जीबी हुनुपर्नेछ ।

प्रकाशित: २० असार २०७६, शुक्रबार