भारतको रिलायन्स जीयोले ‘डिजिटल लिटरेसी’ कार्यक्रम चलाउने, फेसबुकसँग सहकार्य

Technology Khabar १९ असार २०७६, बिहीबार

भारतको रिलायन्स जीयोले ‘डिजिटल लिटरेसी’ कार्यक्रम चलाउने, फेसबुकसँग सहकार्य

काठमाडौं ।

काठमाडौं । भारतीय टेलिकम कम्पनी नेटवर्क रिलायन्स जीयोले फेसबुकसँग मिलेर डिजिटल उडान अभियान शुरु गर्ने भएको छ । भारतका धनाढय मुकेश अम्बानीको कम्पनी रिलायन्सले लिटरेसी प्रोग्रामअन्तरगत पहिलो पटक इन्टरनेट प्रयोगकर्ताहरुका लागि फेसबुकको सहकार्यमा नयाँ अभियानको घोषणा गरेको हो ।

भारतमा ३०० मिलियन भन्दा बढि ग्राहकहरु भएको कम्पनीले सबैभन्दा ठूलो डिजिटल लिटरेसी कार्यक्रम संचालन गर्नेछ जसमा विभिन्न १० वटा क्षेत्रिय भाषाहरुमा अडियो भिजुअल तालिम संचालन गरिनेछ ।

डिजिटल उडान कार्यक्रमअन्तरगत, रिलायन्स जीयोले आफ्ना प्रयोगकर्ताहरुलाई कसरी इन्टरनेट सुरक्षितरुपमा संचालन गर्ने भन्ने जानकारी दिनेछ भने लोकप्रिय सेवाहरु तथा डिभाइसहरुको बारेमा प्रयोगकर्ताहरुलाई बताउने छ ।

टेलिकम अपरेटरले यस्तो सेसन प्रत्येक शनिवार संचालन गर्ने र तालिमको लागि प्रयोगकर्ताहरुलाई भिडियो उपलब्ध गराउनेछ ।

रिलायन्सकाअनुसार यसको लागि फेसबुकले भारतीय ठूला र साना शहरहरुहरुमा बस्ने मानिसहरुलाई उपयुक्त हुने किसिमको मोड्यूल विकास र लागू गराउनेछ । पहिलो चरणमा रिलायन्सले १३ वटा राज्यका २०० वटा विभिन्न फरक फरक स्थानहरुमा तालिम सेसन संचालन गर्नेछ भने पछि त्यसलाई ७ हजार स्थानहरुमा बिस्तार गरिनेछ ।

भारतमा करिब ५०० मिलियन मानिस इन्टरनेटमा जोडिएको अनुमान छ। जसमध्ये करिब ३०० मिलियन मानिसहरुले फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम प्रयोग गर्दछन् । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १९ असार २०७६, बिहीबार