Technology Khabar १९ असार २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । कोरियाली टेक कम्पनी सामसंगले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोनको डिजाइनमा देखिएको समस्या समाधान गरेको छ । कम्पनीले ग्यालेक्सी फोल्डको विशेषगरि स्क्रीन फेल हुने समस्यालाई दुई महिना लगाएर रिडिजाइन गरेको छ ।
कम्पनीले यो रिडिजाइन गरिएको स्मार्टफोनलाई आउँदो बिदाको समयमा पुन बजारमा ल्याउनेछ ।
कम्पनीले यसको डिस्प्ले प्रोटेक्टर फिल्म र हिंगमा सुधार गरेको छ । यसको स्क्रीनमा राखिएको पातलो स्क्रीन स्क्रीनलाई अधिकांशले स्क्रीन प्रोटेक्टरको रुपमा ठानेर झिकेपछि समस्या देखिएको थियो । तर दोस्रो जेनेरेशनको ग्यालेक्सी फोल्डमा सो फिल्मलाई बाहिरी बेजेको भित्री भागमा राखिएको छ । यसो गर्दा त्यो च्यात्न वा झिक्न सकिँदैन् । अर्को समस्या भनेको हिंजमा देखिएको थियो त्यसका लागि कम्पनीले अतिरिक्त सुरक्षाका साथमा ल्याउनेछ जसले डिस्प्ले र एलिमेन्टहरुको सुरक्षा गर्नेछ ।
विश्वको सबैभन्दा ठूलो स्मार्टफोन मेकर कम्पनीले ग्यालेक्सी फोल्डको नयाँ भर्सनको व्यवसायीक उत्पादन गर्ने चरणमा रहेको छ ।
सामसंगको ग्यालेक्सी फोल्डको टेस्ट भर्सनमा आएको समस्यापछि कम्पनीले त्यसको अप्रिल २६ को लन्च मितिलाई स्थगित गरेको थियो । अब भने कम्पनीले नयाँ जेनेरेशनको लागि आवश्यक पर्ने मुख्य कम्पोनेन्ट, जस्तै ब्याट्री, डिस्प्लेलगायत भियतनाममा रहेको मुख्य प्लान्टमा आपूर्ति गर्न लागेको छ ।
अर्कोतर्फ सो नयाँ जेनेरेशनको फोल्डेबल स्मार्टफोन आउँदो अगस्त ७ तारिखमा हुने अनप्याक इभेन्टमा पनि अनावरण हुनसक्ने बताईएको छ ।
१ हजार ९८० अमेरिकी डलर पर्ने ग्यालेक्सी फोल्डमा समस्या देखिएपछि कम्पनीलाई समस्यामा पारेको छ । तरपनि सामसंगले फोल्डेबल फोन लन्च गर्न हतार गरेको छैन् ।
प्रकाशित: १९ असार २०७६, बिहीबार