नबिल बैंक र लायन्स क्लबबीच ब्रान्डेड भिसा कार्ड जारी गर्ने सम्झौता

Technology Khabar १९ असार २०७६, बिहीबार

नबिल बैंक र लायन्स क्लबबीच ब्रान्डेड भिसा कार्ड जारी गर्ने सम्झौता
Classic Tech

काठमाडौं । नबिल बैंक तथा लायन्स–मल्टिपल डिस्ट्रिक बीच मिति लायन्स सदस्यहरुलाई नबिल भिषा क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतासंगै अब नेपालका लायन्स सदस्यले नबिल बैंक मार्फत सहजै क्रेडिट कार्ड लिन सक्नेछन भने हरेक कार्ड बापत लायन्स क्लबको सामाजिक कार्यमा नबिल बैंकको सहकार्य रहने जनाइएको छ ।

उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका नायब महाप्रबंधक बिनय कुमार रेग्मीले यस सहकार्यले लायन्स क्लब तथा सदस्य मात्र नभई सामाजिक कार्यमा समेत उलेख्य भूमिका रहनेमा बिस्वस्त रहेको जानकारी दिए ।

उक्त सम्झौता समारोहमा लायन्स क्लब २०१८ र १९ का चारै डिस्ट्रिकका गवर्नरहरु सुनिल ओझा, सुदर्शन धर प्रधानाङ्ग, अशोक श्रेष्ठ साथै अनन्त भेट्वालको उपस्थिती रहेको थियो ।

प्रकाशित: १९ असार २०७६, बिहीबार

Comments are closed.

Loading...