राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र स्थापना, साइबर सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्ने

Technology Khabar १९ असार २०७६, बिहीबार

राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र स्थापना, साइबर सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्ने
NTC_Advt

काठमाडौं । साइबर सुरक्षालाई अनुगमन गर्न राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र स्थापना भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा स्थापना गरिएको सो केन्द्रको बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गरे ।
सूचना प्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७५ बमोजिम सो अनुगमन केन्द्र स्थापना भएको हो।

सरकारी, निजी, वित्त, सुरक्षा लगायत विभिन्न क्षेत्रसँग सम्बन्धित क्षेत्रीय साइबर सुरक्षा अनुगमन केन्द्रहरू सम्बन्धित क्षेत्रले नै क्रमशस् स्थापना गर्दै जाने र ती क्षेत्रीय अनुगमन केन्द्रहरूलाई पनि राष्ट्रिय साइबर सुरक्षा केन्द्रसँग आवद्ध गरी राष्ट्रिय रूपमा साइबर आक्रमण र सोको सम्भावनाहरू सम्बन्धमा सूक्ष्म अनुगमन गरी साइबर सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्धेश्यले सो केन्द्रको स्थापना गरिएको हो।

केन्द्रले निर्देशक समितिले तोकेको संवेदनशील सूचना तथा सञ्चार पूर्वाधारमा हुन सक्ने सुरक्षा चुनौती तथा खतरासम्बन्धी सरकारी वेबसाइट, वेब एप्लिकेसन तथा वेब सर्भिसेज निर्देश समितिले तोकेका अन्य महत्वपूर्ण वेबसाइट, वेबएप्लिकेसन तथा वेब सर्भिसेजमा हुन सक्ने सुरक्षा चुनौती तथा खतरासम्बन्धी, कुनै व्यक्ति तथा संस्थाले अनुरोध गरे बमोजिम अनुगमन गर्ने गर्दछ।

अनुगमन गर्दा साइबर सुरक्षा व्यवस्थाको लागिसम्बन्धित निकाय वा क्षेत्रगत सहायता समूहलाई आवश्यक सुझावसहितको निर्देशन दिने, सम्बन्धित निकाय वा क्षेत्रगत सहायता समूहले आवश्यक सुरक्षा गर्न नसक्ने अवस्था भएमा राष्ट्रिय सहायता समूहलाई आवश्यक सहयोग गर्ने लगायतका कामहरु गर्नेछ ।

केन्द्रको स्थापनाले बढ्दै गइरहेको साइबर जोखिम नियन्त्रण अपेक्षा गरिएको छ।

TK Viber

प्रकाशित: १९ असार २०७६, बिहीबार

Loading...