एप्पलले चिनियाँ बजारको लागि अण्डर डिस्प्ले फिंगरप्रिन्ट रिडर भएको आइफोन ल्याउने

Technology Khabar १८ असार २०७६, बुधबार

एप्पलले चिनियाँ बजारको लागि अण्डर डिस्प्ले फिंगरप्रिन्ट रिडर भएको आइफोन ल्याउने
आईफोन ६
Global IME Bank

काठमाडौं ।

काठमाडौं । एप्पलले चिनियाँ उपभोक्ताहरुको लागि नयाँ छुट्टै फीचरयुक्त आइफोन लन्च गर्ने भएको छ । हालै चीनमा सार्वजनिक भएको मिडिया रिपोर्टअनुसार आइफोनले चिनियाँ बजारमा बिक्री बढाउने प्रयाससहित नयाँ फीचरयुक्त आइफोन ल्याउन लागेको हो ।

आइफोनमा प्रयोग हुने फेसियल रिकोग्निसन सिस्टम फेस आईडी नयाँ आइफोनमा हटाईनेछ, त्यसको सट्टामा एप्पलले अण्डर डिस्प्ले फिंगरप्रिन्ट फंग्सन प्रयोग गर्ने बताईएको छ । कम्पनीले सो कदम खर्चलाई कम गर्न गरिने प्रयासको रुपमा हेरिएको छ ।

मोबाइल उद्योगका जानकारहरुको अनुसार फेस आईडीको मुख्य कम्पोनेन्टको लागि कयौं सय यूआन खर्च हुने रिपोर्टमा उल्लेख छ । फेस आईडी निकै महंगो हुने र एप्पलले मात्र सो अफोर्ड गर्नसक्ने भन्दै यसले आइफोनको पनि मूल्य बढाउनेछ ।

एप्पलले चीनमा ग्राहकहरुलाई आकर्षित गर्न मूल्य कसरी कम गर्न सकिन्छ भनेर हेरिरहेको छ । एप्पलको ओएलईडी स्क्रीनभित्र फिंगरप्रिन्ट रिडर राखेर पातलो बेजेल, सानो नोच भएको सस्तो आइफोन ल्याउने प्रयास गरिरहेको बताईएको छ ।

अण्डर डिस्प्ले फिंगरप्रिन्ट प्रविधियुक्त आइफोन भने चीनको बजारमा मात्र उपलब्ध हुनेछ, जसले एप्पललाई बजार प्रतिस्पर्धा गर्न सहयोगी हुने अनुमान गरिएको छ । अहिले चिनियाँ बजारमा यूजरहरुले ५००० यूआनको हाराहारीमा फ्ल्यागशिप स्मार्टफोन किन्दै आएका छन तर बजेट आइफोनको रुपमा चिनिएको एप्पलको आइफोन एक्सआरले पनि बजार प्रतिस्पर्धा गर्न सकेको छैन् ।

Sajilo Visa

प्रकाशित: १८ असार २०७६, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार