इलेक्ट्रिक भेहिकलमा आवाज नहुँदा पैदलयात्रु जोखिममा, आवाज आउने बनाउनुपर्ने यूरोपमा नयाँ नियम

Technology Khabar १७ असार २०७६, मंगलवार

इलेक्ट्रिक भेहिकलमा आवाज नहुँदा पैदलयात्रु जोखिममा, आवाज आउने बनाउनुपर्ने यूरोपमा नयाँ नियम

काठमाडौं ।

काठमाडौं । इलेक्ट्रिक भेहिकलमा आवाज नआउने कारणले गर्दा पैदल यात्रुहरु जोखिममा परेको भन्दै यूरोपमा नयाँ नियम लागू भएको छ ।

इलेक्ट्रिक भेहिकल पूर्णरुपमा आवाज नसुनिने कारणले गर्दा ती गाडिहरु मानिस वा अन्य वस्तुको नजिक आउँदा पनि थाहा नपाईने गुनासो आएपछि यूरोपमा नयाँ नियम लागू भएको हो । नयाँ नियमअन्तरगत अब इलेक्ट्रिक भेहिकलको नयाँ मोडलहरुमा साउण्ड आउने बनाउनुपर्ने यूरोपियन युनियनको नियममा उल्लेख छ, जसले पैदल यात्रुहरुलाई सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।

यसअघि च्यारिटी गाइड डग्स ग्रुपसहितले इलेक्ट्रिक कारहरु निकै आवाज विहिन भएको र नजिक आउँदा पनि थाहा नहुने गरेको भन्दै गुनासो दर्ता गरेकोमा सो नयाँ नियम आउन लागेको हो ।

नियमनकारीले नयाँ किसिमका इलेक्ट्रिक भेहिकल र हाइब्रिड चारपाँग्रे भेहिकलहरुमा ५६ र ७५ डेसिबल्सको बिचमा आवाज आउने किसिमको हुनुपर्ने नियम लगाएको हो, जसमा कारको एक्सिलिरेटर अथवा डिसिलेरेटरमा भएको परिवर्तन सुनिने किसिमको हुनुपर्नेछ ।
पेट्रोल वा डिजेलबाट संचालन हुने गाडिहरुले सामान्यतया ७५ डेसिबल्स आवाज उत्पन्न गर्दछ।

नयाँ नियममा त्यस्ता कारहरुले केबल प्रति घण्टा २० किलोमिटर भन्दा कमको गतिमा यात्रा गरिरहेको छन भने मात्र आवाज आउने किसिमको हुनुपर्नेछ । अथवा गाडिहरु पछाडि फर्काएर कुदाएको खण्डमा सो नियम लागू हुनेछ ।

यदि उनिहरुले सो गर्न आवश्यक ठानेमा चालकहरुले अकोस्टिक भेहिकल अलर्ट सिस्टम स्चिच अफ गर्न सक्नेछन् । जगुवार, बिएमडब्लू र निसाले यसअघि नै सो सिस्टम टोनको बारेमा जानकारी दिने भिडियोहरु सार्वजनिक गरेका थिए ।

यूरोपमा सन् २०४० देखि यूरोपेली सरकारले पेट्रोल र डिजेल कारहरुको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने चाहना राखेको छ । एजेन्सी

easy care

प्रकाशित: १७ असार २०७६, मंगलवार