सन् २०२३ सम्ममा फाइभजी स्मार्टफोनहरु फोरजी स्मार्टफोन भन्दा बढि लोकप्रिय हुने

Technology Khabar १७ असार २०७६, मंगलवार

सन् २०२३ सम्ममा फाइभजी स्मार्टफोनहरु फोरजी स्मार्टफोन भन्दा बढि लोकप्रिय हुने

काठमाडौं ।

काठमाडौं । फाइभजी प्रविधिको प्रयोग बढेसँगै आगामी दिनहरुमा ५जी स्मार्टफोनको माग पनि बढ्ने भएको छ । हालै विश्लेषण गर्नेकम्पनी क्यानालिसले जारी गरेको प्रक्षेपण रिपोर्टअनुसार आगामी सन् २०२३ सम्ममा १ अर्ब ९० करोड ५जी प्रयोग भएका डिभाइसहरु आपूर्ति गरिने छ ।

प्रक्षेपण रिपोर्टअनुसार सन् २०२३ मा ४जीलाई ५जीले ओगट्नेछ भने सो अवधिसम्म ५जीको व्यवसायीक लन्च विभिन्न देशहरुमा हुनेहुँदा ४जी स्मार्टफोनभन्दा ५जी स्मार्टफोनको आपूर्ति र माग धेरै हुनेछ ।

सो अवधिसम्म विश्वभर करिब ८०० मिलियन स्मार्टफोनहरु आपूर्ति हुनेछ जून समग्र स्मार्टफोनको शिपमेन्टको तुलनामा ५१.४ प्रतिशत हुनेछ । यसमध्ये सबैभन्दा ठूलो बजार हिस्सा चीनमा रहने अनुमान छ । जसअनुसार चीनको बजार ३४ प्रतिशत रहने र उत्तर अमेरिकाको बजार १८.८ प्रतिशत हुनेछ भने एशिया प्यासिफिकको बजार हिस्सा १७.४ प्रतिशत हाराहारी रहनेछ ।

विश्वभर ५जीको तिब्र विकास र बिस्तार गर्न सरकारी अग्रसरता निकै प्रभावकारी र शक्तिशाली टूलको रुपमा हुने बताईएको छ ।

यसको आधारमा सन् २०२० सम्ममा चीनमा उपलब्ध हुने स्मार्टफोनहरुमध्ये १७.५ प्रतिशत स्मार्टफोन ५जी प्रविधियुक्त हुनेछ, जुन सन् २०२३ सम्ममा वृद्धि हुँदै ६२.७ प्रतिशत पुग्नेछ ।

चीनमा ५जी स्मार्टफोनको प्रयोग तिब्रगतिमा हुँदैछ र यसमा सरकारको ससक्त प्रविधि मैत्री रोडम्याप तथा अपरेटरहरुको वित्तीय क्षमताको कारण भएको क्यानालिसको ठहर छ ।

चीनमा ५जी प्रविधिमा व्यापक रुपमा लगानी भईरहेको छ जसले ५जीको प्रयोग र उपलब्धता बढाउने अपेक्षा गरिएको छ ।

तर ५जी प्रविधि जोड्नुको अर्थ ५जी प्रविधिको पूर्ण उपयोग गर्नु भनेर बुझ्न भने सकिँदैन् । पूर्णरुपमा ५जी जोड्नको लागि अझ लामो समय लाग्नेछ किनकी यो ४जी नेटवर्क भन्दा निकै जटिल र गाह्रो काम हो । यो लगानीको आधारले पनि निकै खर्चालु रहेको छ ।

स्रोत

Global Bank
easy care

प्रकाशित: १७ असार २०७६, मंगलवार