विद्यार्थीलाई प्रवेश परीक्षाको तयारी गराउन ‘अभ्यास’ एप सार्वजनिक, कलेजमा भर्नामा सहयोगी हुने

Technology Khabar १७ असार २०७६, मंगलवार

विद्यार्थीलाई प्रवेश परीक्षाको तयारी गराउन ‘अभ्यास’ एप सार्वजनिक, कलेजमा भर्नामा सहयोगी हुने

काठमाडौं ।

काठमाडौं । आविश्कार इन्टरप्राइजेज प्रालिले अभ्यास (Avyass) नामक प्रवेश परीक्षा तयारी एप सार्वजनिक गरेको छ । कम्पनीले राष्ट्रिय परीक्षा बोर्ड, डक्टर अफ मेडिसिन र मास्टर अफ साइन्सका विद्यार्थीहरुलाई ध्यानमा राखेर अभ्यास नामक एप लन्च गरेको हो।

अभ्यान एउटा अनलाइन सिकाई प्लेटफर्म हो जसमा बहु छनौटका प्रश्नहरु विस्तृत जानकारीसहित राखिएका हुन्छन् । यसको उद्धेश्य भनेको उत्कृष्ट कलेजहरुमा उनीहरुको आवश्यकताअनुसारको विषय पढ्नको लागि सहयोग गर्नुहो । यसले विद्यार्थीहरुलाई विभिन्न किसिमका परीक्षाहरु र अन्य विषयहरुको बारेमा अनलाइनबाटै तयारी गर्न सहयोग गर्ने कम्पनीले जानकारी दिएको छ ।

अभ्यास एप निशुल्क प्रयोग गर्न सकिने छ भने यसले समय र पैसा दुबैको बचत गर्दछ । यो एप कुनैपनि समय परीक्षा तयारीको लागि प्रयोगगर्न सकिन्छ ।

मोबाइल र डेस्कटप दुबै भर्सनका लागि उपयोगी यो एपमा अनलाइन परीक्षाहरु दिन सकिन्छ भने त्यसको प्रोग्रेस र अन्य विद्यार्थीहरुसँग तुलना गरेर हेर्न समेत सकिन्छ ।

कम्पनीकाअनुसार प्रयोगकर्ताहरुका लागि प्राक्टिस सेसनहरु निशुल्क छ भने आगामी दिनमा साप्ताहिक परीक्षाको लागि भने सामान्य शुल्क लिने योजना गरिएको छ ।

स्टार्टअप एप अभ्यासले आगामी दिनमा ब्याचलर अफ मेडिसिन, ब्याचलर अफ सर्जरी (एबिबिएस) र इन्जिनियरिङ्गका विषयहरु पनि समावेश गर्नेछ । यसबाहेक कम्पनीले ब्याचलर अफ एग्रिकल्चर र लोकसेवा आयोगका परीक्षाका लागि पनि समावेश कोर्षहरु राख्ने तयारी गरेको छ ।

आविश्कार इन्टरप्राइजेज प्रालिका प्रमुख कार्यकारी अधिकृत रोनेश श्रेष्ठले अभ्यास एपले विद्यार्थीहरुलाई अनलाइनमा आवश्यकताअनुसार तयारीको लागि सघाउने बताए ।

‘हामी विश्वस्त छौं कि अन्य कुनैपनि कोचिंग कक्षाहरु नलिएका विद्यार्थीहरुलाई यो एपले समान अवसर दिनेछ । यसले हाम्रो शिक्षण प्रणाली र सिकाईको माध्यमलाई पूर्णरुपमा परिवर्तन गर्न योगदान दिनेछ,’ प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने ।

अभ्यासले विशेषगरी सरकारी विद्यालयहरुमा अध्ययन गरेका विद्यार्थीहरुलाई उत्कृष्ट कलेजहरुमा प्रवेश गराउनका लागि अनलाइन प्राक्टिसमा सहयोग गर्ने उद्धेश्य लिएको उनले स्पष्ट पारे ।

अभ्यास एप हाल २००० भन्दा बढि विद्यार्थीहरुले प्रयोग गरिरहेका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ यसअघि एमआईटी ग्लोबल स्टार्टअप ल्याबले आयोजना गरेको कार्यक्रममा छनौट भएका ३५ जना सहभागी मध्ये एक हुन् ।

एन्ड्रोयड र आइओएस दूबैमा उपलब्ध सो एप तपाईँ पनि प्रयोग गर्न चाहनुहुन्छ र थप जानकारीको लागि कम्पनीको वेबसाइटमा https://avyaas.com/ जानुहोस् ।

एन्ड्रोयड एपको लागि यो लिंकमा जानुस् – https://play.google.com/store/apps/details?id=com.aavishkar.avays&hl=en

आइओएस एपको लागि यो लिंकमा जानुस् – https://apps.apple.com/us/app/avyaas/id1463083096

easy care

प्रकाशित: १७ असार २०७६, मंगलवार