साझा यातायातले इलेक्ट्रिक बस संचालन गर्दै, प्रदेश नम्बर ३ सरकारले दियो ३० करोड रुपैयाँ

Technology Khabar १६ असार २०७६, सोमबार

साझा यातायातले इलेक्ट्रिक बस संचालन गर्दै, प्रदेश नम्बर ३ सरकारले दियो ३० करोड रुपैयाँ

काठमाडौं ।

काठमाडौं । प्रदेश नम्बर ३ सरकारले साझा यातायातलाई सार्वजनिक यातायातको रुपमा इलेक्ट्रिक बस सञ्चालन गर्न ३० करोड रुपैयाँ दिएको छ । साझा यातायातले प्रदेश ३ सरकारले दिएको सो रकमबाट इलेक्ट्रिक बस ल्याई उपत्यकामा चलाउने छ ।

निकट भविश्यमा सञ्चालन गर्ने विद्युतीय बसका लागि ३ नम्बर प्रदेश सरकार, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले शेयर हालेको छ । प्रदेश सरकारको ३० करोड रुपैयाँसहित ललितपुर महानगरपालिकाले २ करोड ५० लाख रुपैयाँको चेक साझालाई हस्तान्तरण गरेको छ भने काठमाडौं महानगरपालिकाले १० करोड रुपैयाँ साझामा लगानी गर्ने भएको हो । साझा सहकारीले पनि विद्युतिय बस सञ्चालन गर्न २ करोड ५० लगानी गर्ने भएको छ ।

सो बारेमा सोमबार एक कार्यक्रमका बीच सो रकमको चेक साझालाई हस्तान्तरण गरिएको छ भने ३ नम्बर प्रदेश सरकार, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र साझा यातायातबीच सझौता भएको छ । साझाले चाँडैनै विद्युतिय बस सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।

कार्यक्रममा ३ नम्बर प्रदेश सरकार मुख्यमन्त्री डोरमणी पौडेलले साझा बस घाटा भएपनि जनताको सेवा र सुविधालाई ध्यानमा राखेर प्रदेश सरकारले लगानी गरेको बताए । विद्युतीय बस सञ्चालन गर्दा देशको व्यापार घाटा पनि कम हुने र प्रदुषण पनि कम हुने उनले बताए ।

यसैबिच साझा यातायातले ल्याएका नयाँ २० वटा बसहरु सोमबारदेखि नै सञ्चालन हुन थालेका छन् । प्रदेश ३ का मुख्यमन्त्री पौडेल, काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र साझा यातायाताका अध्यक्ष कनकमणी दिक्षितले नयाँ बस सञ्चालनको उद्घाटन गरे।

आजदेखि सञ्चालनमा आएका युरो ४ का बसहरु उपत्यकाका विभिन्न रुटहरुमा सञ्चालन हुने छन् । साझाले आजबाट साझा कार्डपनि प्रयोगमा ल्याएको छ । जसबाट यात्रुले सेवा प्रयोग गरेका भाडा तिर्न सक्ने बताईएको छ ।

Global Bank
easy care

प्रकाशित: १६ असार २०७६, सोमबार

ताजा समाचार