ह्वाट्सएपजस्तो सोशल मिडियामा समय बिताउनु स्वास्थ्यको लागि लाभदायक- अध्ययन

Technology Khabar १६ असार २०७६, सोमबार

ह्वाट्सएपजस्तो सोशल मिडियामा समय बिताउनु स्वास्थ्यको लागि लाभदायक- अध्ययन

काठमाडौं ।

काठमाडौं । सोशल मिडियामा अधिक समय बिताउने बारेमा अधिकांश मानिसहरु त्यसलाई समयको दूरुपयोग भनेर मान्ने गर्दछन् । तर इन्टरनेशनल जर्नल अफ ह्यूमन कम्प्यूटर स्टडीजकाअनुसार भने टेक्स्टमा आधारित मेसेजिंग एप ह्वाट्सएपमा समय बिताउने मानिसहरुको स्वास्थ्यको लागि फाइदाजजनक भएको छ ।

यो एपले यूजरको स्वास्थ्यमा सकारात्मक असर पार्ने र उनीहरुको आत्मसम्मान समेत बढाउने उल्लेख गरेको छ ।

साइकोलोजिस्ट आउटकम्स एसोसिएट विद इंगेजमेन्ट विद अनलाइन च्याट सिस्टम टाइटलको अध्ययनअनुसार ह्वाट्सएपमा दैनिक समय बिताउने यूजरलाई एकान्तपन महशुस हुँदैन् । यसले यूजरको आत्मसम्मान बढाउँछ र यसको नतिजाको रुपमा परिवार र साथीभाईहरुसँग अधिक नजिक महशुस हुन्छ ।

एज हलि विश्वविद्यालयका प्रोफेसर लिण्डा केईको अनुसार सोशल मिडिया प्लेटफर्ममा अधिक समय बिताउँदा हाम्रोलागी राम्रो हो वा नराम्रो हो भन्ने बारेमा निकै बहस हुने गर्दछ तर यो हामीले सोचको जस्तो खराब भने होईन् । मानिसले जति समय ह्वाट्सएपमा बिताउँछ त्यति नै समय आफ्नो परिवार र साथीभाईहरुसँग नजिक महसुस गर्दछ् । उनीहरुले सम्बन्धलाई अधिक महत्व दिन्छन् ।

यो अध्ययनमा अनुसन्धान टिमले औस २४ वर्षको २०० जना यूजर्सलाई समावेश गरेका थिए जसमध्ये १५८ जना महिलाहरु थिए । प्रत्येक यूजरले औसतमा ५५ मिनेट ह्वाट्सएपमा बिताउने गरेको भेटिएको छ । यस्तो मानिसले आफ्नो लोकप्रियताको लागि वा ग्रुपमा च्याटिंगको लागि एपको प्रयोग गर्ने गर्दछन् ।

अध्ययनअनुसार ह्वाट्सएप जस्ता सोशल साइटहरुले सम्बन्धलाई मजबुत बनाउनको लागि काम त गर्दछन साथसाथै अधिक भन्दा अधिक कुरा गर्न स्वतन्त्र समेत हुनेगरेको छ । एजेन्सी

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १६ असार २०७६, सोमबार

ताजा समाचार