सिंगापुरमा डिजिटल बैंक खुल्ने, ५ वटा डिजिटल बैंक लाइसेन्सको लागि आवेदन माग

Technology Khabar १६ असार २०७६, सोमबार

सिंगापुरमा डिजिटल बैंक खुल्ने, ५ वटा डिजिटल बैंक लाइसेन्सको लागि आवेदन माग

काठमाडौं ।

काठमाडौं । सिंगापुरले अब डिजिटल बैंकको अनुमति जारी गर्ने भएकोछ । कम्पनीले देशमा बैंकिंग सिस्टम प्रबद्र्धन गर्न र बजार विविधिकरण गर्ने उद्धेश्यले ५ वटा डिजिटल बैंक लाइसेन्स उपलब्ध गराउने भएको छ ।

डिजिटल बैंक लाइसेन्समार्फत कम्पनीले डिजिटल अर्थतन्त्रलाई अगाडि बढाउने भएको हो ।

मनिटरी अर्थोरिटी अफ सिंथापुरकाअनुसार बैंक बाहेकका कम्पनीहरु वा संस्थाहरुले पनि लाइसेन्सको लागि आवेदन दिएर डिजिटल बैंकिंग सेवा दिन सक्नेछन् ।

यसअघि सन् २००० मा सिंगापुरको नियमनकारी निकायले बैंकहरुलाई डिजिटल बैंक सब्सिडरीहरुको आफैं स्थापना गर्न वा स्थानीय बैंकसँगको सहकार्यमा ज्वाइन्ट भेन्चर स्थापना गर्न अनुरोध गरेको थियो । त्यसबेला त्यस्तो सब्सिडरीहरुको लागि चुक्तापूँजी ७३.८३ मिलियन अमेरिकी डलर हुनुपर्ने तोकिएको थियो ।

अहिले भने नियमनकारी निकायले दुईवटा पूर्णरुपको डिजिटल बैंक लाइसेन्स दिने भएको छ, जसले वित्तीय सेवाहरु प्रदान गर्नुको साथै रिटेल ग्राहकहरुबाट निक्षेप पनि संकलन गर्न सक्नेछ । अन्य ३ वटा लाइसेन्स भने डिजिटल होलसेल बैंक लाइसेन्स हुनेछ, जसले साना र मध्यम स्तरका व्यसायहरुलाई सेवा दिनेछ भने अन्य गैर रिटेल सेगमेन्टमा काम गर्नेछन् ।

पूर्ण डिजिटल बैंक लाइसेन्सको लागि सिंगापुरमा नै मुख्य कार्यालय भएको हुनुपर्नेछ भने सिंगापुरका नागरिकहरुको नियन्त्रणमा हुनुपर्नेछ । विदेशी कम्पनीहरुले भने स्थानीय कम्पनीहरुसँगको सहकार्यमा मात्र सो अनुमतिकोलागि आवेदन दिन सक्नेछन् । यसमा पनि सिंगापुरमा नै मुख्य कार्यालय भएको हुनुपर्नेछ भने सिंगापुरका नागरिकहरुको नियन्त्रणमा हुनुपर्नेछ ।

मनिटरी अर्थोरिटी अफ सिंथापुरका चेयरमेन तथा वरिष्ठ मन्त्री थारमन शानमसगराथनामले नयाँ डिजिटल बैंक लाइसेन्सले सिंगापुरका बैंकिङ्ग क्षेत्रको उदारीकरणको यात्रालाई नयाँ पाटो कायम गर्ने बताए । उनले सिंगापुरको बैंकिङ्ग क्षेत्र निरन्तर लचिलो, प्रतिस्पर्धी र व्यवसायीकता सुनिश्चित गराउने स्पष्ट पारे ।

Global Bank
easy care

प्रकाशित: १६ असार २०७६, सोमबार

ताजा समाचार