एप्पलले म्याक प्रो डेस्कटपको उत्पादन यूनिट चीनमा सार्ने, ६,००० अमेरिकी डलर मूल्य

Technology Khabar १५ असार २०७६, आईतवार

एप्पलले म्याक प्रो डेस्कटपको उत्पादन यूनिट चीनमा सार्ने, ६,००० अमेरिकी डलर मूल्य

काठमाडौं । एप्पलले आफ्नो म्याक प्रो डेस्कटप बनाउने यूनिट अमेरिकाबाट चीनमा सार्ने भएको छ । कम्पनीले यसअघि आफ्नो म्याक प्रो अमेरिकाको टेक्सासमा एसेम्बल गर्दै आएको थियो भने मेड इन यूएसए लेबलमा बिक्री गरिरहेको थियो ।

एप्पलले सन् २०१९ मा ल्याउने म्याक प्रो भने चीनमा उत्पादन गर्ने तयारी गरेको हो । चिनियाँ कम्पनी क्वान्टाले एप्पलको ६,००० अमेरिकी डलर प्लस पर्ने म्याक प्रो उत्पादन गर्नेछ । सो प्लान्टले यसअघि पनि एप्पलका विभिन्न म्याकबुक प्रो उउत्पादन गरेको छ ।

चीनमा एप्पलको म्याक प्रो एसेम्बल्ड गर्दा लागत कम हुने र कम्पोनेन्टहरु पनि सजिलै उपलब्ध हुनेछन् । यसले गर्दा आगामी दिनमा एप्पलको शिपिंग लागत घट्ने अनुमान गरिएको छ ।

चीन एप्पलको लागि प्रमुख बजार मध्ये हो भने मुख्य उत्पादन केन्द्र पनि हो । कम्पनीले करिब १८ प्रतिशत आम्दानी चीनबाट मात्र पहिलो त्रैमासमा पाएको थियो ।

एप्पलको म्याक प्रो मेसिन क्रिएटिभ प्रोफेस्नलहरुले प्रयोग गर्ने गर्दछन् । एजेन्सी

प्रकाशित: १५ असार २०७६, आईतवार

Comments are closed.

Loading...