अमेरिकी राष्ट्रपति ट्रम्पले भने- ह्वावेलाई अमेरिकी कम्पनीहरुले उत्पादन बेच्न सक्छन्

Technology Khabar १४ असार २०७६, शनिबार

अमेरिकी राष्ट्रपति ट्रम्पले भने- ह्वावेलाई अमेरिकी कम्पनीहरुले उत्पादन बेच्न सक्छन्

काठमाडौं ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरुले ह्वावेलाई आफ्ना उत्पादनहरु बिक्री गर्नसक्ने बताएका छन् । अमेरिकी राष्ट्रपतिले जापानमा आयोजना भईरहेको जी २० सम्मेलनमा अमेरिकी कम्पनीहरुले चिनियाँ टेक जायन्ट ह्वावेलाई आफ्ना उत्पादनहरु बिक्री गर्नसक्ने बताएका हुन् ।

ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिंगसँगको भेटवार्तापछि ह्वावेलाई अमेरिकी उत्पादन बिक्री गर्नसकिने बताए ।

‘यूएस कम्पनीहरुले ह्वावेलाई आफ्ना उपकरणहरु बिक्री गर्न सक्नेछन्, त्यहाँ कुनै ठूलो, नेशनल इमर्जेन्सी समस्या छैन्,’ ट्रम्पले पत्रकार सम्मेलनमा भने ।

गएको मे महिनादेखि नै अमेरिकी कमर्श डिपार्टमेन्टले औपचारिकरुपमा ह्वावेलाई प्रतिबन्धित कम्पनीको सूचीमा राखेको थियो । यो प्रतिबन्धले गर्दा ह्वावेले अमेरिकी कम्पनीहरुबाट चीपसेटका साथै विभिन्न सेवाहरु किन्न रोक लागेको छ भने ह्वावेको व्यवसायमा पनि समस्या आएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिंगसँगको भेटवार्ता फलदायक भएको भन्दै यसले ब्यापार अवरोध हटाउन सहयोगी भएको उल्लेख गरे ।

यसअघि अमेरिकाले चिनियाँ वस्तु तथा सेवाहरुमा ३०० बिलियन डलर बराबरको अतिरिक्त भन्सार दर लगाउने घोषणा गरेको थियो । जसले गर्दा अमेरिकी कम्पनी तथा आयातकर्ताहरुले अमेरिकी उपभोक्ताहरुले थप रकम तिर्नुपर्ने अवस्था आउने बताएका थिए । अतिरिक्त करका कारण अमेरिकी बजारमा करिब १२ बिलियन डलर थप शुल्क अमेरिकी उपभोक्ताले बेहोर्नुपर्ने अवस्था आउने थियो । बीबीसी

easy care

प्रकाशित: १४ असार २०७६, शनिबार