गूगलको फोल्डेबल फोनको पेटेन्ट सार्वजनिक, किताबको पाना पल्टाएजस्तै स्क्रीनमा हेर्न सकिने

Technology Khabar १३ असार २०७६, शुक्रबार

गूगलको फोल्डेबल फोनको पेटेन्ट सार्वजनिक, किताबको पाना पल्टाएजस्तै स्क्रीनमा हेर्न सकिने

काठमाडौं । स्मार्टफोन मेकर कम्पनीहरु निकै ससक्तरुपमा फोल्डेबल स्मार्टफोनहरु ल्याउने क्रममा लागिरहेका छन् । यसको लागि कम्पनीहरु विभिन्न अनुसन्धान र परीक्षणको चरणमा छन भने केहि फोल्डेबल फोन मात्र व्यवसायीक उपयोगमा आउन सकेका छन् ।

हाल सामसंग र ह्वावेको फोल्डेबल फोन मात्र प्रयोगमा आउन सक्छन् । सामसंग ग्यालेक्सी फोल्ड र ह्वावे मेट एक्सलाई पछ्याउँदै अर्को कम्पनी गूगलले पनि फोल्डेबल फोनको तयारी गरेकोछ ।

यसको लागि गूगलले हालै पेटेन्ट दर्ता गरेको छ, जुन अहिलेका फोल्डेबल फोनहरुभन्दा फरक देखिन्छ ।

गूगल एलएलसीले हालै वल्र्ड इन्टेलेक्चुअल प्रोपर्टी अफिसमा सन् २०१८ को अन्त्यमा पेटेन्ट दर्ता गराएको थियो र यो अहिले प्रकाशित भएको छ ।

पेटेन्टकाअनुसार गूगलको फोल्डेबल फोनहरुमा धेरै फोल्ड गर्न मिल्ने डिस्प्ले हुनेछ जसलाई किताब खोलेजस्तै देखिन्छ । डिभाइसमा कयौं ओएलईडी स्क्रीनहरु जोडिएका हुनेछन र यो किताबको पाना पल्टाएजस्तै पल्टाउन सकिनेछ । यसको ब्याट्री, प्रोसेसर, क्यामरालगायतका अन्य कम्पोनेन्ट भने पछिल्लो भागमा हुनेछ ।

गूगल फोल्डेबल फोन डिस्प्ले डिभाइसको भित्र हुनेछ र यसको दुबै साइडमा डिस्प्ले कन्टेन्ट हुनेछ ।

यसअघि २०१९ को डेभलपर्स कन्फ्रेन्समा गूगलले फोल्डेब स्क्रीनहरुको बारेमा लामो समयदेखि अनुसन्धान गरिरहेको जानकारी दिएको थियो । त्यसैगरि कयौं फोल्डेबल स्क्रीन प्रोटोटाइपमा काम गरिरहेको बताएको थियो ।

यो पेटेन्ट भएको डिभाइसले कसरी काम गर्दछ र कुन सिस्टम हुन्छ भन्ने कुनै जानकारी छैन् । यो केबल पेटेन्ट मात्र भएको र यो नै अन्तिम नहुन सक्दछ । एजेन्सी ।

प्रकाशित: १३ असार २०७६, शुक्रबार

Comments are closed.

Loading...