माछापुच्छ्रे बैंकद्वारा श्री खण्ड माध्यमिक विद्यालयलाई १० थान पङ्खा हस्तान्तरण

Technology Khabar १३ असार २०७६, शुक्रबार

माछापुच्छ्रे बैंकद्वारा श्री खण्ड माध्यमिक विद्यालयलाई १० थान पङ्खा हस्तान्तरण

काठमाडौं ।

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत मोरङ्ग जिल्लाको सुन्दरहरैचा वडा नं. ६ मा रहेको श्री खण्ड माध्यमिक विद्यालयलाई १० थान सिलिङ्ग पङ्खा हस्तान्तरण गरेको छ ।

तराईका जिल्लाहरुमा अत्याधिक गर्मीका कारण सरकारी विद्यालयहरुमा विद्याथीहरुको कम उपस्थिती देखिने गरेकोले विद्यार्थीहरुको पढाईमा बाधा नपुगोस भन्ने उद्धेश्यले माछापुच्छ्रे बैंकले उक्त पङ्खाहरु प्रदान गरेको जानकारी दिएको छ ।

बैंकको मोरङ्ग जिल्ला विराटचोकस्थित शाखा कार्यालय प्रमुख रमेश अधिकारीले उक्त श्री खण्ड माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद आचार्य लाई उक्त १० थान सिलिङ्ग पङ्खाहरु हस्तान्तरण गरे ।

माछापुच्छ्रे बैंकले लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सुरक्षा निकायका बिभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवि प्रकोपबाट प्रभावितहरुको उद्धार तथा पुर्नस्थापनामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ भने देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तिय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको जनाएको छ ।

easy care

प्रकाशित: १३ असार २०७६, शुक्रबार