एप्पलको म्यूजिक स्ट्रीमिंग सर्भिसका प्रयोगकर्ता ६ करोड भन्दा बढि

Technology Khabar १३ असार २०७६, शुक्रबार

एप्पलको म्यूजिक स्ट्रीमिंग सर्भिसका प्रयोगकर्ता ६ करोड भन्दा बढि

काठमाडौं ।

काठमाडौं । एप्पल इंकले कम्पनीको स्ट्रीमिंग म्यूजिक सर्भिसमा ६ करोड भन्दा बढि सब्सक्राइबर पाएको घोषणा गरेको छ । तर कम्पनीको यो सब्सक्राइबर संख्या अर्को प्रतिस्पर्धी कम्पनी स्पोटीफाईको भन्दा ४ करोडले कम हो । स्पोटीफाइसँग मात्रै १० करोड प्रयोगकर्ताहरु रहेका छन् ।

कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट एडी क्यूले फ्रान्सको एक अनलाइनलाई सो जानकारी दिएका हुन् ।

यसअघि आइफोन मेकर कम्पनी एप्पलले सन् २०१८ को मे महिनामा ५ करोड सब्सक्राइबर पुगेको जानकारी दिएको थियो भने त्यसपछि कुनै औपचारिक जानकारी आएको थिएन् ।

एप्पलका ६ करोड प्रयोगकर्ताहरुको संख्यामा एप्पल म्यूजिकको निशुल्क परीक्षण गर्नेहरुको संख्या पनि समावेश भएको छ ।

तर अर्को प्रतिस्पर्धी कम्पनी स्पोटीफाइले आफूसँग १० करोड प्रिमियम सब्सक्राइबर रहेको बताएको थियो । स्पोटीफाइले प्रिमियम सब्सक्राइबरमा निशुल्क सेवा परीक्षण गरिरहेकाहरु रहेपनि तिनिहरुले शुल्क तिर्ने सेवाको लागि पेमेन्ट प्रणाली अपनाएको उल्लेख गरेको थियो ।

यदि स्पोटीफाइको एड सपोर्ट गर्ने सेवा समेतको गणना गर्ने हो भने कम्पनीसँग २१ करोड ७० लाख यूजर्स हुन्छन् ।

एप्पल र स्पोटीफाइले एक आपसमा कानूनी लडाईमा छन्, स्पोटीफाइले एप्पलको विरुद्ध उजुरी गरेको थियो ।

Global Bank
easy care

प्रकाशित: १३ असार २०७६, शुक्रबार

ताजा समाचार