नेपाल टेलिकमबाट एसईईको नतिजा हेर्न सकिने, यस्तो छ मोबाइलबाट हेर्ने तरीका

Technology Khabar १२ असार २०७६, बिहीबार

नेपाल टेलिकमबाट एसईईको नतिजा हेर्न सकिने, यस्तो छ मोबाइलबाट हेर्ने तरीका

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले २०७५ सालको एसईई SEE परीक्षाको नतिजा सहज रुपले थाहा पाउनका लागि विभिन्न सेवाहरु उपलब्ध गराएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट अंग्रेजीमा see पछि संकेत नम्बर (Symbol Number) टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ । जस्तै- see<space>symbol No. टाइप गरी १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।

यो बाहेक १६०० मा कल गरेर पनि SEE को नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो Symbol Number थिचेर नतिजा थाहा पाउन सकिन्छ ।

यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको केही समयपछि नै माथिका सेवा प्रयोग गरी नतिजा हेर्न सकिने कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: १२ असार २०७६, बिहीबार

ताजा समाचार