आइएमई पे र आइसीएफसी फाइनान्सवीच सम्झौता

Technology Khabar १२ असार २०७६, बिहीबार

आइएमई पे र आइसीएफसी फाइनान्सवीच सम्झौता

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र आइसीएफसी फाइनान्सवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार आइसीएफसी फाइनान्स आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ ।

आइसीएफसी फाइनान्सका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पेमार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नुहुनेछ ।

काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई पे का तर्फबाट संचालक खिलेन्द्र पौडेल र आइसीएफसी फाइनान्सका तर्फबाट सामान्य सेवा विभाग प्रमुख संजय थपलियाले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रकाशित: १२ असार २०७६, बिहीबार

Comments are closed.

Loading...