साओमीले ल्यायो दाह्री काट्ने ट्रिमर मेसिन, एक चार्जमा ९० मिनेटसम्म प्रयोग गर्न सकिने

Technology Khabar ११ असार २०७६, बुधबार

साओमीले ल्यायो दाह्री काट्ने ट्रिमर मेसिन, एक चार्जमा ९० मिनेटसम्म प्रयोग गर्न सकिने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । साओमीले भारतीय बजारमा आफ्नो नयाँ प्रडक्टको रुपमा एमआई बियर्ड ट्रिमर लन्च गरेको छ । कम्पनीले नयाँ प्रडक्टको घोषणा एमआई डटकमा एउटा भिडियो सार्वजनिक गरेर गरेको हो ।

कम्पनीले हालै मात्र सो एमआई बियर्ड ट्रिमरको टीजर देखाएको थियो । यसअघि कम्पनीले भारतमा आफ्नो पाँचौं वर्ष मनाउने उद्धेश्यले आगामी पाँच सातासम्म हरेक साता एउटा नयाँ प्रडक्ट ल्याउने उल्लेख गरेको छ । यहि अवसरमा कम्पनीले नयाँ एमआई बियर्ड ट्रिमर ल्याएको हो ।

साओमीले यो ट्रिमरलाई भारतमा १,१९९ भारुमा लन्च गरेको छ भने यो हाल प्री अर्डरको लागि उपलब्ध रहेको छ । साओमीकाअनुसार यो प्रडक्टलाई भारतीयहरुको लागि ध्यानमा राखेर तयार पारिएको हो ।

एमआई बियर्ड ट्रिमरमा ४० लेन्थ सेटिंगका साथमा आउँछ । यूजर्सले आफ्नो दाह्रीको स्टायललाई ट्रिम गर्नका लागि ४० उपलब्ध लेन्थ अप्सनमध्ये कुनैपनि छनौट गर्न सक्नेछन् ।

ट्रिमरको ब्लेड स्टेनलेस स्टीलबाट बनेको छ । यो ट्रिमरलाई एक पटक चार्ज गर्दा ९० मिनेटसम्म ब्याकअप दिन्छ । यो ट्रिमर ५ भोल्टको चार्जका साथमा आउँछ भने पूरै चार्ज हुन २ घण्टा लाग्दछ ।

कम्पनीकाअनुसार यो ट्रिमर फास्ट चार्जका साथ पनि आउनेछ जहाँ केलब ५ मिनेटको चार्जमा १० मिनेटको व्याकअप प्रयोग गर्न सकिनेछ ।

Sajilo Visa

प्रकाशित: ११ असार २०७६, बुधबार

तपाइको प्रतिक्रिया