ह्वावेसँग विश्वभर ५जी नेटवर्कको ५० वटा व्यवसायीक कन्ट्र्याक्ट, नोकिया र एरिक्सन क्रमशः दोस्रो र तेस्रो

Technology Khabar ११ असार २०७६, बुधबार

ह्वावेसँग विश्वभर ५जी नेटवर्कको ५० वटा व्यवसायीक कन्ट्र्याक्ट, नोकिया र एरिक्सन क्रमशः दोस्रो र तेस्रो
Classic Tech

काठमाडौं । टेलिकम कम्पनी ह्वावेले विश्वभर ५जी नेटवर्क बिस्तारको लागि ५० वटा कन्ट्र्याक्ट हात पारेको छ । कम्पनीले हालै आयोजित सांघाईको ५जी इज नाउ नामक समिटमा ५जी बिजनेसको बारेमा जानकारी दिएको हो ।

कम्पनीका ५जी प्रडक्ट लाइन प्रेसिडेन्ट याङ्ग चाउविनले विश्वभर ५० वटा कमर्शीयल कन्ट्र्याक्ट सुरक्षित पारेर सबैभन्दा ठूलो ५जी उपकरण आपूर्तिकर्ता कम्पनी भएको बताए ।

कम्पनीकाअनुसार दक्षिण कोरिया, फिनल्याण्ड, स्वीटरजल्याण्ड र बेलायतसहित गरेर विश्वभर १ लाख ५० हजार वटा सेटहरु शिपमेन्ट गरेको छ । सो ५जी बिजनेसको सूचीमा नोकिया र एसिक्सन क्रमश ३० वटा र १८ वटा कन्ट्र्याक्टसहित दोस्रो र तेस्रो सूचीमा रहेका छन् ।

ह्वावेले ५जी मार्केटमा अग्रस्थान लिईरहेको छ र सो कम्पनीसँग ५जी एसईपीको लागि २१६० वटा पेटेन्टहरु छन भने नोकियासँग १५१६ वटा मात्र रहेका छन् । तथ्यांकअनुसार ५जी उपकरणहरुमध्ये ३४ प्रतिशत उपकरणहरु चीनबाट आउने गरेका छन भने दक्षिण कोरियाले २५ प्रतिशत बजार लिएको छ भने अमेरिका र फिनल्याण्डले क्रमशः १४ प्रतिशत र स्वीडेनले ८ प्रतिशत बजार लिएका छन् ।

ह्वावेले आफ्नो ५जी नेटवर्क वर्तमान ४जी नेटवर्कहरुभन्दा १० गुणा तिब्रगतिको भएको दाबी गरेकोछ ।

‘अनुभवको आधारमा भन्दा ५जी सेवाहरु लीपफ्रगको रुपमा हुनेछन्,’ यांङ्गले भने, ‘५जी एरामा, हामी तीन चरणको नेटवर्कहरु बनाउन र साइट रिसोर्सहरुलाई पूरै उपभोग गर्न थप लगानी दक्षता प्रदर्शन गर्नेछौं, जसमा माइक्रो साइटहरु, पोल साइटहरु र म्याक्रो साइटहरु रहेका छन् । हाम्रो अन्तिम लक्ष्य भनेको हरेकस्थानमा गीगाबाईट नेटवर्क अनुभव प्रदान गर्नुहो ।’

उनकाअनुसार ५जी एरामा अधिकांश ट्राफिक आन्तरिकरुपमा आउने छन् । अर्थात मोबाइल नेटवर्क ट्राफिक विशेषगरि अस्पतालहरु, सपिंग मलहरु, कार्यालय भवनहरु, क्याम्पसहरु, एयरपोर्टहरु र मेट्रो स्टेशनलगायतका स्थानहरुबाट आउनेछन् । यस्तो इन्डोर ट्राफिक केहि शहरहरुमा त ७० प्रतिशत भन्दा बढि हुने अनुमान गरिएको छ । त्यस्तै समग्र नेटवर्कहरुमध्ये सेलहरुबाट औसत २० प्रतिशत डाटा ट्राफिक आउनेछ ।

यो तथ्यांकअनुसार हेर्दा ह्वावेमाथि अमेरिकी प्रतिबन्धका बाबजुद पनि विश्वको ५जी बजारमा चिनियाँ कम्पनीले अग्रस्थानमा आफूलाई कायम राखिरहेको छ ।

प्रकाशित: ११ असार २०७६, बुधबार

Comments are closed.

Loading...