मोबाइलबाटै थाहापाउन सकिन्छ एसईईको नतिजा, यी हुन रिजल्ट हेर्नसकिने एसएमएस र वेबसाइट

Technology Khabar ११ असार २०७६, बुधबार

मोबाइलबाटै थाहापाउन सकिन्छ एसईईको नतिजा, यी हुन रिजल्ट हेर्नसकिने एसएमएस र वेबसाइट

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात कक्षा १०/एसईईको नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरिरहेको छ । २०७५ चैतमा संचालन गरिएको एसईईको परीक्षाको नतिजा प्रकाशनको तयारी कार्यालयले अन्तिम चरणमा पुर्याएको छ ।

कार्यालयले बुधवार आज वा भोली बिहिवार नै परीक्षाको नतिजा सार्वजनिक गरिने तयारी गरिरहँदा सो परीक्षाको नतिजा हेर्नसकिने माध्यम पनि कार्यालयले सार्वजनिक गरेको छ ।

परीक्षाको नतिजा हेर्नको लागि विद्यार्थीहरुले धेरै दुख गर्न नपर्ने भएको छ । तपाईँले आफ्नो मोबाइल फोन वा स्मार्टफोनबाट नै नतिजा हेर्न सकिने सुविधा कार्यालयले दिएको छ । कार्यालयले विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट नतिजाको बिबरण प्रकाशित हुने जानकारी दिएको छ ।

घर बसेर नै मोबाइलबाट एसईईको नतिजा ६ वटा कम्पनीमार्फत हेर्न सकिन्छ । त्यस्तै अन्य विभिन्न ११ वटा संस्थाहरुको अनलाइनबाट नतिजा हेर्न सकिने सुविधा रहेको छ ।

मोबाइलबाट एसएमएसमार्फत नतिजा हेर्नको लागि आकाश टेक प्रालि, इजी डिजिटल सर्भिस प्रालि, इजी सर्भिस प्रालि, जानकी टेक्नोलोजी प्रालि, एनसेल प्रालि र नेपाल टेलिकमको सेवा प्रयोग गर्न सकिन्छ । यो सेवामार्फत हेर्न सामान्य तोकिएको सर्टकोडमा एसएमएस पठाएर आफ्नो परीक्षाको नतिजा हेर्न सकिनेछ ।

यस वर्षको परीक्षामा देशभरबाट करिब ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

TK Viber

प्रकाशित: ११ असार २०७६, बुधबार

Loading...