गूगलको प्ले स्टोरमा २ हजार भन्दा बढि जोखिमयुक्त एप्स, लोकप्रिय एप्स पनि शंकास्पद भेटिए

Technology Khabar ११ असार २०७६, बुधबार

गूगलको प्ले स्टोरमा २ हजार भन्दा बढि जोखिमयुक्त एप्स, लोकप्रिय एप्स पनि शंकास्पद भेटिए

काठमाडौं । गूगल प्ले स्टोरमा २ हजार भन्दा बढि जोखिमयुक्त एप्स भेटिएका छन् । करिब दुई वर्ष लगाएर गरिएको एक अध्ययनले गूगल प्ले स्टोरमा २०४० वटा जोखिमयुक्त एप्स भेटेको हो ।

युनिभर्सिटी अफ सिडनी र सिएसआईआरओको डाटा ६१ द्धारा गरिएको अध्ययन रिपोर्टअनुसार प्ले स्टोरमा केहि एप्सहरुलाई आवश्यकताभन्दा बढि परमिशनको जरुरी हुन्छ भने केहि त पूरै मालवेयर रहेका छन् ।

अनुसन्धानकर्ताहरुले गूगल प्ले स्टोरमा १० लाख भन्दा बढि एप्सको अध्ययन गर्दा अधिक मात्रामा प्ले स्टोरमा मालवेयर र फेक एप्स भेटेका थिए । केहि फेक एप्सहरु मालवेयर बाहेक भेटिएका थिए भने केहिलाई भने परमिशनको आवश्यकता पर्दथ्यो । जसले प्रयोगकर्ताको अनावश्यक डाटाहरुमा एक्सेस प्राप्त गर्दछन् ।

यस्ता एप्स पनि छन जसलाई लोकेशन आवश्यक पर्दैन तर त्यसले पनि लोकेशन एक्सेस गर्ने गरेका छन् ।

टेम्पल रन र हिल क्लाइम्ब रेसिंग निकै लोकप्रिय गेम हुन र यी एप्स पनि यसमा समावेश छन जसले आवश्यकता भन्दा बढि अनुमति लिन्छन् । तपाईँको स्मार्टफोनमा अधिक परमिशन लिनुको अर्थ सिधै तपाईँको डाटामा डेभलपरले ह्याक गर्न वा चोरी गर्न सक्दछ ।

अनुसन्धानकर्ताहरुले १० लाख एप्सलाई प्रोसेस गर्नको लागि न्यूरल नेटवर्क र मशिन लर्निंगको सहायता लिएको बताएका छन् । यसको लागि अल्गोरिदम सेट गरिएको थियो जसले एक किसिमको टेक्स्ट डिस्क्रीप्शन र एक किसिमको आइकनयुक्त एप्सलाई पत्ता लगाउनका लागि तयार गरिएको थियो । जून गूगल प्ले स्टोरका १० हजार लोकप्रिय एप्ससँग मिल्दोजुल्दो छ । सो अल्गोरिदमले ४९ हजार ६०८ वटा शंकास्पद थ्रेट पत्ता लगाएको थियो ।

अनुसन्धानमा कुल ७ हजार २४६ एप्स खतरनाक मार्क गरिएका छ भने त्यसमध्ये २ हजार ४० वटा एप्सलाई फेक तथा उच्च जोखिमयुक्त भएको बताईएको छ । यसमध्ये १ हजार ५६५ एप्स कम्तिमा पाँच संवेदनशिल परमिशन चाहने किसिमका छन् भने १ हजार ४०७ एप्स तेस्रो पक्षका एड लाइब्रेरीको रुपमा रहेका छन् ।

यी अध्ययन गरिएका एप्सहरु यसअघि नै प्ले स्टोरबाट हटाईएका छन् । गूगलको टीमले एप्स दर्ता गर्ने प्रतिशतमा वृद्धि हुँदै ५५ प्रतिशत गत वर्ष पुगेको जानकारी दिएको छ भने शंकास्पद एप्सको संख्या ६६ प्रतिशत पुगेको छ । एजेन्सी

प्रकाशित: ११ असार २०७६, बुधबार

Comments are closed.

Loading...