ग्राहकलाई प्रबर्द्धनात्मक मेसेज पठाएको भन्दै मोबाइल अपरेटरलाई बेलायतमा जरिवाना

Technology Khabar १० असार २०७६, मंगलवार

ग्राहकलाई प्रबर्द्धनात्मक मेसेज पठाएको भन्दै मोबाइल अपरेटरलाई बेलायतमा जरिवाना

काठमाडौं ।

काठमाडौं । बेलायती संस्था इन्फर्मेशन कमिसनर(आईसीओ)ले मोबाइल नेटवर्क कम्पनी ईई (EE)लाई १ लाख पाउण्ड जरिवाना गरेको छ । मोबाइल नेटवर्क कम्पनीले ग्राहकहरुलाई उनीहरुको जानकारी र ईच्छाबिना अनावश्यक मेसेसहरु पठाएको भन्दै जरिवाना गराएको हो ।

आईसीओकाअनुसार सन् २०१८ मा मात्रै कम्पनीले २५ लाख भन्दा बढि त्यस्ता मेसेजहरु पठाएको थियो ।

सो टेक्स्ट मेसेजको उद्धेश्य भनेको ईई ग्राहकहरुलाई कम्पनीको एप प्रयोग गराउनु र उनीहरुको ह्याण्डसेटहरु अपग्रेड गर्न उत्साहित गराउनु थियो ।

ईईले भने सो मार्केटिंग मेसेज नभएको बताएको छ ।

‘त्यसबेला पठाएको ती मेसेजहरु सर्भिस मेसेज भएको विश्वास गर्दछौं नकी ती सिधै बजारीकरणको मेसेज थिए,’ कम्पनीले भनेको छ।
जेभएतापनि आईसीओले यदि मेसेजमा प्रबद्र्धनात्मक विषयहरु समावेश हुन्छ भने त्यसले इलेक्ट्रोनिक मार्केटिंग रुल्स लागू हुने र सो नियम पालना नगरेकोमा ५ लाख पाउण्ड सम्म जरीवाना गर्न सकिने बताएको छ ।

‘ती सबै मार्केटिंग मेसेजहरु थिए जसले कम्पनीका उत्पादन तथा सेवाहरुको प्रबद्र्धन गरेका थिए,’ आईसीओका अनुसन्धान निर्देशक एण्डि ह्वाइटले भने।

डाइरेक्ट मार्केटिंग गाइडेन्सअनुसार यदि कुनै मेसेजमा कस्टमर सर्भिस इन्फर्मेशनका साथमा प्रबद्र्धनात्मक विषयहरु पनि समावेश हुन्छ र अतिरिक्त उत्पादनहरु तथा सेवाहरु खरिद गर्न भन्दछ, त्यो सर्भिस मेसेज हुन सक्दैन र त्यसमा इलेक्ट्रोनिक मार्केटिंग रुल्स लागू हुन्छ ।

ईईले आफ्नो आधिकारीक वक्तव्यमा आईसीओको विषय र अनुसन्धानलाई स्वीकार गरेको र आगामी दिनमा त्यस्तो प्रकृयालाई सुधार गर्न सहयोग पुग्ने बताएको छ । बीबीसीबाट

easy care

प्रकाशित: १० असार २०७६, मंगलवार