डिजेआईले अमेरिकामा बिक्री गरिने ड्रोन क्यालिफोर्निया राज्यमा एसेम्बल गर्ने

Technology Khabar १० असार २०७६, मंगलवार

डिजेआईले अमेरिकामा बिक्री गरिने ड्रोन क्यालिफोर्निया राज्यमा एसेम्बल गर्ने

काठमाडौं ।

काठमाडौं । चिनियाँ उत्पादक कम्पनीहरुमा बढ्दो अमेरिकी दबाबका कारण ड्रोन निर्माता कम्पनी डिजेआई पनि दबाबमा आएको छ ।

सन् २०१७को अन्त्यतिर अमेरिकी इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट अफिसले डिजेआईको क्यामरमयुक्त फ्लाईंग मेसिनले चीनमा डाटा पठाईरहेको भन्दै चेतावनी दिएपछि डिजेआई समस्यामा पर्दै आएको छ । त्यस्तै केहि समयअघि अमेरिकी डिपार्टमेन्ट अफ होम ल्याण्ड सेक्यूरिटीले पनि चिनियाँ कमर्शीयल ड्रोन प्रयोग गर्ने बारेमा चेतावनी जारी गरेको थियो ।

यो विषयमा डिजेआईले डाटा पठाउने वा स्टोर गर्ने नगरिएको स्पष्टिकरण दिएको थियो भने डाटाको बारेमा पूर्ण अधिकार ड्रोन प्रयोगकर्तालाई रहेको बताएको थियो ।

तर बढ्दो दुविधाका कारण डिजेआईले अमेरिकामा बिक्री गरिने ड्रोनहरु स्थानियस्तरमा नै बनाउने तयारी गरेको छ । कम्पनीले अमेरिकी बजारलाई ध्यानमा दिएर क्यालिफोर्नियामा नयाँ प्रडक्सन प्लान्ट स्थापना गर्ने भएको छ ।

डिजेआईले यसअघि नै अमेरिकाको पालो अल्टोमा अनुसन्धान तथा विकासको लागि काम गर्दै आएको छ भने अब अमेरिकी ट्रेड एग्रिमेन्ट्स एक्टअन्तरगत क्यालिफोर्नियामा नयाँ एसेम्बली प्लान्ट संचालन गर्ने बताएको हो ।

नयाँ एसेम्बली प्रडक्टहरुले अमेरिकी बजार र अमेरिकी ग्राहकहरुलाई अझ राम्रो सेवा दिनसकिने कम्पनीले अपेक्षा गरेको छ भने थप रोजगारी सिर्जना गर्ने र ड्रोन मार्केट बढ्ने बताएको छ ।

माध्यम

easy care

प्रकाशित: १० असार २०७६, मंगलवार

ताजा समाचार