नोकियाको विकास गर्यो नयाँ ब्याट्री टेक्नोलोजी, पुरानो प्रविधि भन्दा २.५ गुणा बढि समय चल्ने

Technology Khabar १० असार २०७६, मंगलवार

नोकियाको विकास गर्यो नयाँ ब्याट्री टेक्नोलोजी, पुरानो प्रविधि भन्दा २.५ गुणा बढि समय चल्ने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । नोकियाले ५जी प्रविधिको आगमनसँगै नयाँ ब्याट्री टेक्नोलोजी विकास गरेको घोषणा गरेको छ । कम्पनीले विशेषगरि ५जीका लागि सो प्रविधि उपयुक्त हुने बताएको छ ।

नयाँ उत्पादनले अहिले बजारमा उपलब्ध रहेका अल्ट्रा थिन ब्याट्रीहरुको तुलनामा २.५ गुणा अधिक ब्याट्रीलाईफ दिनेछ ।

नोकियाका अनुसार नयाँ ब्याट्री टेक्नोलोजीले बिना चार्ज दोब्बर बढि शक्ति प्रदान गर्दछ । विशेषगरि इन्टरनेट अफ थिंग्समा प्रयोग हुने उपकरणहरुमा आवश्यक पर्ने ब्याट्रीको रुपमा यसलाई प्रयोग गर्न सकिन्छ ।

अहिले इन्टरनेट अफ थिंग्स, इलेक्ट्रिक कारहरु र ड्रोनहरुमा आवश्यक पर्ने महत्वपूर्ण ब्याट्रीको आवश्यकता यसले पूर्ति गर्नेछ ।
नोकिया बले ल्याब्स र एम्बर रिसर्चरहरुले ट्रिनिटी कलेज डब्लिनमा सो नयाँ ब्याट्री टेक्नोलोजी घोषणा गरेका हुन् ।

अहिलेका सबैजसो डिजिटल डिभाइसहरुलाई थप पावर आवश्यक पर्दछ । हामीले प्रयोग गर्ने सबै प्रकारका ग्याजेट्स, जसमा स्मार्टफोनहरु, ड्रोनहरु, इलेक्ट्रिक कारहरु र रोबोटहरुमा प्रयोग हुने नयाँ एप्लिकेसनका कारण तिनीहरुलाई लामो समयसम्म चलाउन उच्च क्षमताका ब्याट्रीहरुको माग बढिरहेको छ ।

यो परियोजनाका नेतृत्वकर्ता पौल किंगले साना स्थानहरुमा अधिक उर्जा राख्नका लागि नयाँ ब्याट्री टेक्नोलोजीले ५जी र त्योसँग सम्बन्धित विश्वको सम्पूर्ण नेटवर्कमा महत्वपूर्ण असर पार्ने बताए ।

Sajilo Visa

प्रकाशित: १० असार २०७६, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार