अपटेड समाचार

पकेट कम्प्यूटर रास्पबेरी पाईको नयाँ मोडल सार्वजनिक, पुरानै मूल्यमा थप फीचरसहित अपग्रेड

काठमाडौं । केहि समय अघि नासाको कम्प्यूटर ह्याक गर्न प्रयोग गरिएको सानो पकेट कम्प्यूटर रास्पबेरी पाईको नयाँ मोडल सार्वजनिक भएको छ । पावरफुल पकेट कम्प्यूटरको रुपमा चिनिएको रास्पबेरी पाईको नयाँ अपडेट आएको छ ।

संस्थाले रास्पबेरी पाई ४ हालै लन्च गरेको हो जसलाई यसअघिको प्रडक्टभन्दा अझ बढि शक्तिशाली डिभाइसकोरुपमा सार्वजनिक गरिएको छ भने नयाँ प्रडक्टको मूल्य भने पुरानै रहेको छ ।

रास्पबेरी पाई ४ को सबैभन्दा महत्वपूर्ण अपग्रेड भनेको यसको सीपीयू हो । नयाँ चीपसेटमा चारवटा कोर्टेक्स ए७२ कोर राखिएको छ जून १.५ गीगाहर्जमा संचालन हुन्छ । यसअघिको रास्पबेरी पाई ३ मा कोर्टेक्स ए ५३ कोर थियो जून १.४ गीगाहर्जमा संचालन हुन गर्दथ्यो ।
यसमा भएको अपग्रेड यसअघिको पुरानो मोडल भन्दा ३ गुणा उत्कृष्ट काम गर्दछ ।

यसको मेमोरीमा पनि सुधार गरिएको छ । यसअघि एलपीडिडिआर २ प्रयोग हुने गरेकोमा नयाँ चीपमा एलपीपीडिआर ४ प्रयोग गरिएको छ ।
यसमा नयाँ भिडियोकोर भीआई जीपीयू राखिएको छ जसले फोरके भिडियो ६० फ्रेम प्रति सेकेण्डमा भिडियो प्लेब्याक गर्ने क्षमता राख्छ । त्यसैगरि ड्यूल मनिटर सेटअप सपोर्ट छ भने यसमा दुईवटा माइक्रो एचडीएम पोर्ट प्रयोग गर्न सकिन्छ ।

कनेक्टिभिटीका लागि यसमा दुईवटा यूएसबी ३.०,दुईववटा यूएसबी २.० पोर्ट छन भने चार्ज गर्नको लागि यूएसबी टाइप सी राखिएको छ । त्यस्तै यसमा ब्लूटूथ भर्सन ५ प्रयोग गरिएको छ ।

रास्पबेरी पाई ४ को १ जीबी भर्सनको मूल्य यसअघिकै अर्थात ३५ अमेरिकी डलर छ भने २ जीबीको ४५ अमेरिकी डलर तथा ४जीबीको ५५ अमेरिकी डलर रहेको छ ।