Technology Khabar ९ असार २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । हालै नेपाली बजारमा सार्वजनिक भएको वानप्लस प्रो सेभेनमा अब १ वर्षसम्मको वारेन्टी प्रदान गर्ने भएको छ ।
वानप्लसले ग्राहकहरुलाई अतिरिक्त सुविधा तथा लाभ पु¥याउने उद्देश्यले कुनै पनि वानप्लस ७ प्रो को खरिदमा १ वर्षसम्मको वारेन्टी प्रदान गर्ने भएको छ । साथै वानप्लसमा स्क्रिन टुटेफुटेको अवस्थामा एक वर्षसम्मको इन्स्योरेन्स सुविधाको व्यवस्था समेत रहेको छ ।
वानप्लसले कम लागतमा खरिदपछि पनि गुणस्तरीय तथा जेन्यून उत्पादन प्रदान गर्दछ । यो सबै सेवा पाउनका लागि ग्राहकले भ्याट बिल सहितको जेन्यून उत्पादन खरिद गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।
सयमअघि वानप्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको थियो । वानप्लस ७ प्रोमा क्यामेराको अनुभवलाई पुनः परिभाषित गर्ने ट्रिपल क्यामेरा, अप्ग्रेडेड स्क्रिन अनलक टेक्नोलोजी, एकनासको डिस्प्ले लगायतका विशेषताहरु रहेका छन् ।
वानप्लस ७ प्रोले छोटो अवधिमा नेपाली बजारमा लोकप्रियता कमाउन सफल भएको दाबी कम्पनीको छ ।
प्रकाशित: ९ असार २०७६, सोमबार