एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १० प्रतिशत छुट

Technology Khabar ९ असार २०७६, सोमबार

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १० प्रतिशत छुट
NTC_Advt

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रालिसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ ।

बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयूमा ग्राहकहरुले बेड चार्ज, डाइग्नोस्टिक (इन हाउस), सर्जरी, प्रोसीड्यूर र फार्मेसीमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर १० प्रतिशत छुट पाउनेछन् ।

धनगढीको चटकपुरस्थीत सीपी हस्पिटलले जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्दछ । सीपी हस्पिटलले आउट प्यासेन्ट सेवा र इन प्यासेन्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

“सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको जानकारी दिएको छ ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ।

प्रकाशित: ९ असार २०७६, सोमबार