प्रिमियर इन्स्योरेन्स र खल्ती डिजिटल वालेट बीच प्रिमियम भुक्तानी सम्झौता

Technology Khabar ९ असार २०७६, सोमबार

प्रिमियर इन्स्योरेन्स र खल्ती डिजिटल वालेट बीच प्रिमियम भुक्तानी सम्झौता
Classic Tech

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र खल्ती डिजिटल वालेट बीच डिजिटल माध्यम मार्फत प्रिमियम भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा प्रिमियर इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र खल्ती डिजिटल वालेटका तर्फबाट सह–संस्थापक र निर्देशक अमित अग्रवालले हस्ताक्षर गरे । सम्झौता पछि प्रिमियर इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

सो सम्झौता पश्चात ग्राहकले नेपालभर कुनै पनि ठाउँबाट खल्ती मार्फत बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्ने कम्पनीको भनाई छ ।

‘अब प्रिमियर इन्स्योरेन्सका ग्राहकहरुले आफ्नो बीमा शुल्क भुक्तानी गर्न इन्स्योरेन्स अफिस वा बैंक धाइराख्नु पर्दैन । उहाँहरुले आफ्नो मोबाईलमा खल्ती एप इन्स्टल गरी सजिलै बीमा शुल्क भुक्तानी गर्न सक्नुहुनेछ । नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो,’ खल्तीका निर्देशक अमित अग्रवालले भने ।

TK Viber

प्रकाशित: ९ असार २०७६, सोमबार

Loading...