साओमीको सिसि सिरिजको नयाँ स्मार्टफोन जुलाईमा लन्च हुने, ४८ मेगापिक्सेलको मुख्य क्यामरा

Technology Khabar ९ असार २०७६, सोमबार

साओमीको सिसि सिरिजको नयाँ स्मार्टफोन जुलाईमा लन्च हुने, ४८ मेगापिक्सेलको मुख्य क्यामरा
NTC_Advt

काठमाडौं । साओमीले हालै आफ्नो स्मार्टफोनको लागि नयाँ सिरिज घोषणा गरेको थियो । कम्पनीले साओमी सिसि सिरिज घोषणासँगै दुईवटा नयाँ स्मार्टफोनहरु लन्च गर्ने बताएको थियो ।

हाल ती स्मार्टफोनहरुको प्रोमो चीनमा वेबोमा आएको छ ।

चीनियाँ इन्टरनेट पसर्नालिटी ८ वर्षिय बालक ग्याभिन थोमसका साथमा साओमीका प्रतिनिधिहरुले सेल्फी खिच्दै गरेका छन् ।
सो प्रोमोमा सिसि ९ई स्मार्टफोनमार्फत सेल्फी खिचिएको हो ।

यो स्मार्टफोन हेर्दा यसअघिको साओमी एमआई ९ को जस्तै रहेको छ । यसको डिस्प्लेमा वाटरड्रप नोच रहेको छ भने यसमा ट्रिपल रियर क्यामरा सेटअप रहेको छ ।

साओमी सिसि ९ ईको बारेमा यसअघि नै विभिन्न रिपोर्टहरु आएका छन जसअनुसार यसमा ६.३९ इन्चको स्क्रीन, ३९०० एमएएचको ब्याट्री प्याक हुनेछ । त्यसैगरि फोनमा स्न्यापड्रागन ७१२ चीपसेट हुनेछ भने ४८ मेगापिक्सेलको मेन क्यामरा तथा फ्रन्टमा ३२ मेगापिक्सेलको क्यामरा हुनेछ ।

साओमीले यो स्मार्टफोन आउँदो जुलाई २ तारिखमा चीनमा लन्च गर्ने योजना राखेको छ ।

प्रकाशित: ९ असार २०७६, सोमबार