साओमी नेपालले रेडमी वाई ३ को मूल्य घटायो, यस्तो छ रेडमी वाई ३ स्मार्टफोनको फिचर

Technology Khabar ८ असार २०७६, आईतवार

साओमी नेपालले रेडमी वाई ३ को मूल्य घटायो, यस्तो छ रेडमी वाई ३ स्मार्टफोनको फिचर
NTC_Advt

काठमाडौं । साओमीले नेपाली बजारमा रेडमी वाई ३ (Redmi Y3) को बजार मूल्य घटाएको छ । कम्पनीले रेडमी वाई ३ को दुबै भेरिएन्टको बजार मूल्य कटौती गरेको हो ।

साओमी नेपालकाअनुसार रेडमी वाई ३ को ३जीबी र्याम ३२ जीबी स्टोरेज मोडलको मूल्य १७ हजार ९ सय ९९ रुपैंयाँ तोकिएको छ भने अर्को ४ जीबी ६४ जीबी स्टोरेज मोडलको मूल्य २० हजार ९ सय ९९ रुपैयाँ तोकेको छ ।

यसअघि रेडमी वाई ३ को ३जीबी ३२ जीबी स्टोरेजको बजार मूल्य १८ हजार ४ सय ९९ रुपैयाँ तोकिएको थियो भने अर्को ४ जीबी ६४ जीबी स्टोरेजको मूल्य २१ हजार ४ सय ९९ रुपैयाँ तोकिएको थियो ।

कम्पनीले नयाँ मूल्य आइतवारदेखि नै बजारमा लागू हुने जानकारी दिएको छ ।

यस्तो छ रेडमी वाई ३ स्मार्टफोनको फिचरहरु

३२ एमपी सुपर सेल्फी क्यामरा
रेडमी वाई ३ ले ३२ एमपी सेल्फी क्यामरा भित्र्याएको छ जसले आजका कन्टेन्ट क्रिएटरहरुका लागि योग्य भएको ठहर गर्दै राम्रो स्थान बनाएको छ । तीव्र हाई रिजोलुसन सेल्फीदेखि ईआईएससँग फूल–एचडी भिडियोका लागि ३२ एमपी क्यामेरा विभिन्न ट्रिकको मास्टर हो ।

१.६ माइक्रो मिटर सुपर पिक्सेल साइजसँगै रेडमी वाई ३ बाट हल्का प्रभावकारीदेखि जीवनउपयोगी छवि सृजना गर्ने सेल्फी र भिडियोहरु लिन सकिन्छ । रेडमी वाई ३मा ३२ एमपी सेल्फी क्यामेरा पाल्म सटर मोड उपलब्ध छ जसले प्रयोगकर्तालाई सामान्य रुपमा पाल्मको इशारामा ३ सेकेण्ड टाइमर ट्रिगर गर्न सक्छन् ।

औरा प्रिज्म डिजाइन
नविनतम सबै रुपमा आउन सक्छन्, र रेडमी लाइनअपमा भएको एक सबैभन्दा नयाँ विकास औरा डिजाइन हो । रेडमी वाई ३ मा औरा डिजाइनले मुर्त रुप दिन्छ तर फोनको पछिल्लो भागमा प्रिज्म जस्तै इफेक्ट, ढाँचामा चलिरहेको जटिल माइक्रो लाइनसँग रेडमी वाई ३ ले पहिल्लो यस सेग्मेन्टमा कहिल्यै नभएको कुरा ल्याएको छ ।

रेडमी वाई ३ स्मार्टफोनमा ६.२६ इन्चको एचडी प्लस डट नोच डिस्प्लेका साथमा कोर्निङ गोरिला ग्लास ५ ले रेडमी वाई ३ लाई औरा डिजाइनका साथ अद्भूत अनुभव प्रदान गर्दछ । एलिजेन्ट ब्लू, बोल्ड रेड र प्राइम ब्लाक रंगमा उपलब्ध रेडमी वाई ३ ले व्यक्तित्व विस्तार गर्न मद्दत गर्ने कम्पनीको भनाई छ ।

क्रियो कम्प्यूटिङ स्न्यापड्रागन ६३२
पहिलो पटक रेडमी वाई सिरिजमा स्न्यापड्रागन ६३२ मोबाइल प्लेटफर्मसँगै कस्टम क्वालकम क्रियो फीचर ल्याएको हो । स्न्यापड्रागन ६३२ मोबाइल प्लेटफर्ममा चार कोरको दुईवटा हिस्सामा ८ क्रियो २५० कोर छ, जुन हार्डवेयर इन्टेन्सिभ काम राम्रो तरिकाले गर्न विभाजन गरिएको हुन्छ । फोनमा रहेको एड्रेनो ५०६ जीपीयूले गर्दा रेडमी वाई ३ अत्याधुनिक गेम र भिजुअलका लागि पनि योग्य छ ।

रेडमी वाई ३ ले प्रयोगकर्तालाई २ दिन ब्याट्री लाइफ भएको ४००० एमएएच ब्याट्री प्रदान गर्छ ।

साओमीको रेडमी वाई ३ नेपालमा सार्वजनिक, ३२ एमपी सेल्फी क्यामरा

प्रकाशित: ८ असार २०७६, आईतवार