अपटेड समाचार

ह्वावेको मिडियाप्याड एम ६ को १०.८ र ८.४ इन्च मोडल लन्च, कीबोर्ड र स्टायलस सपोर्ट गर्ने

काठमाडौं । ह्वावेले शुक्रबार लन्च गरेको नोभा ५ सिरिजका साथै कम्पनीले नयाँ ट्याबलेट पनि लन्च गरेको छ ।

कम्पनीले मिडियाप्याड एम सिक्स (MediaPad M6) डूओ सार्वजनिक गरेको हो । जसअन्तरगत ८.४ इन्च र १०.८ इन्चको ट्याब छन् । यी दुई ट्याबलेटहरुको स्पेक सबै समान छन भने केबल ब्याट्री पावर मात्र फरक रहेको छ ।

ह्वावे मिडियाप्याड एम६मा एलसिडी प्यानल राखिएको छ जसको स्क्रीन रिजोल्यूशन २५६०x१६०० पिक्सेल रहेको छ ।

दुबै ट्याबलेटमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ भने १३ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ । ठूलो स्क्रीन साइटको ट्याबमा हर्मन कार्डनको क्वाड स्पीकर सेटअप रहेको छ ।

दुबै ट्याब ह्वावेको किरिन ९८० चीपसेटका साथमा ४ जीबी र्यामसहित आउँछ । यी ट्याबमा ६४ जीबी र १२८ जीबीको आन्तरिक स्टोरेज अप्सन रहेको छ ।

एन्ड्रोयडमा आधारित ईएमयूआई ९.१ मा दुबै ट्याब संचालन हुन्छन् । नयाँ ट्याबमध्ये ठूलो साइजको ट्याबका साथमा ह्वावेले कीबोर्ड केस पनि ल्याएको छ भने यसमा स्टायलस सपोर्ट रहेको छ ।

नयाँ ट्याबमा यूएबी टाइप-सी पोर्ट, ३.५ एमएमको अडियो ज्याक तथा माइक्रो एसडी कार्ड स्लट रहेको छ । ठूलो साइटको ट्याबमा ७,५०० एमएएचको ब्याट्री प्याक छ भने सानो साइजमा ६,१०० एमएएचको ब्याट्री सेल रहेको छ ।

मिडियाप्याड एम सिक्स ट्याबको १०.८ इन्चको मूल्य वाईफाई भर्सनको लागि ४ जीबी र्याम ६४जीबीको मूल्य २,२९९ यूआन छ भने यसको माथिल्लो मूल्य सेलुलर नेटवर्क सपोर्ट ४जीबी/१२८जीबीको मूल्य ३,४९९ यूआन रहेको छ ।

८.४ इन्चको सानो साइजको मिडियाप्याड एम ६ को मूल्य वाईफाई मोडलको १,९९९ यूआन छ भने माथिल्लो तहको मूल्य ४जीबी/१२८ जीबी सेलुलर भर्सनको २,६९९ यूआन तोकिएको छ ।

१०.८ इन्च मोडल चिनियाँ बजारमा जुलाई १० देखि उपलब्ध हुनेछ भने ८.४ इन्चको ट्याब जुलाई २० देखि बजारमा आउनेछ।