एनसेलको ‘कल आयो पैसा पायो’ योजनाका विजेता घोषणा, १० जनाले पाए स्मार्टफोन

Technology Khabar ७ असार २०७६, शनिबार

एनसेलको ‘कल आयो पैसा पायो’ योजनाका विजेता घोषणा, १० जनाले पाए स्मार्टफोन

काठमाडौं ।

काठमाडौं । एनसेलले ‘कल आयो पैसा पायो’ योजना अन्तर्गत १० जनालाई स्मार्टफोन हस्तान्तरण गरेको छ । कम्पनीले उक्त योजना अन्तर्गत पहिलो ४ हप्ताका विजेता ग्राहकहरुलाई स्मार्टफोन हस्तान्तरण गरेको हो ।

वैशाख १६ गते देखि संचालनमा रहेको यो योजना साउन १३ गतेसम्म संचालनमा रहनेछ । कम्पनीले आफ्नो कस्टमर लोयल्टि कार्यक्रम अन्तरगत संचालनमा ल्याएको उक्त योजनामा ग्राहकले विश्वका जुन सुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा बोनस स्वरुप प्रत्येक मिनेट २ रुपैयाँ पाउनेछन ।

बोनसका साथै, अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पुरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन समेत प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १/१ थान स्मार्टफोन पाउनेछन् । हप्ताभरिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमन कलको संख्या र औसत कलको समय अनुसार विजेताको छनोट गरिने कम्पनीले जानकारी दिएको छ ।

योजना अन्तर्गत ४० जना ग्राहकहरु स्मार्टफोन पाउनको लागि छनोट भइसकेका छन् । जसमध्य १० जनालाई स्मार्टफोन प्रदान गरिसकेका छन भने अन्य ३० जना ग्राहकको समेत पहिचान प्रमाणित भई सकेको छ । स्मार्टफोन पाउनेहरुमा झापा बिर्तामोडका राधिका रम्तेल, इलामकी मञ्जना देवान लगायतका रहेका छन ।

योजना अन्तर्गत प्राप्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्नेछन् ।

एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजना निःशुल्क सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ७ असार २०७६, शनिबार

ताजा समाचार