Technology Khabar ७ असार २०७६, शनिबार
काठमाडौं ।
काठमाडौं । आजकाल हरेक मानिसहरु मोबाइलमा इन्टरनेट प्रयोग गर्ने गर्दछन् । तर केहि यस्ता कामहरु हुन्छन जसलाई केबल ल्यापटपमा मात्र गर्न सकिन्छ । अझ ल्यापटपमा मात्र गर्न सकिने काम र त्यसको लागि चाहिने इन्टरनेट उपलब्ध छैन भने तनाव नै हुने गर्दछ ।
कुनैबेला तत्काल ल्यापटपबाट जरुरी डकुमेन्टहरु अन्य व्यक्तिलाई पठाउनुपर्ने हुन्छ । त्यस्तोबेलामा तपाईँलको ल्यापटपमा इन्टरनेट भएन भने के होला ?
तर यसको लागि तपाईँले ल्यापटपको लागि मात्रै छुट्टै डोंगल वा इन्टरनेट कनेक्सन लिनुपर्ने आवश्यकता छैन् । तपाईँले आफ्नो मोबाइल फोनमा भएको इन्टरनेटलाई नै ल्यापटपको लागि पनि प्रयोग गर्न सक्नुहुन्छ तर त्यसको लागि तपाईँको मोबाइलमा इन्टरनेट एक्सेस भने हुनुपर्नेछ ।
मोबाइलबाट ल्यापटपमा इन्टरनेट दुई तरिकाले चलाउन सकिन्छ । पहिलो तरिका भनेको टीथरिंगको मद्धतबाट हो भने दोस्रो तरिकामा मोबाइलको हटस्पटबाट ल्यापटपमा इन्टरनेट चलाउन सकिन्छ । तर यसको लागि तपाईँको मोबाइलमा हुने फीचर र सुविधामा भरपर्दछ । तपाईँको मोबाइलमा यी दुईमध्ये कुन फीचर रहेको छ त्यसमध्ये कुनै एक अप्सन प्रयोग गर्न सकिन्छ ।
टीथरिंगको प्रयोग
टीथरिंगको प्रयोग तपाईँ साधारण फोनमा पनि गर्न सक्नुहुन्छ जसमा डाटा केबल वा ब्लूटूथ सपोर्ट दिईएको होस् । हट स्पट फीचर भने अहिलेका अधिकांश स्मार्टफोनहरुमा उपलब्ध हुन्छ ।
टीथरिंगको भित्र तपाईँले दुईवटा अप्सन भेट्नुहुनेछ । पहिलो ब्लूटूथ र दोस्रो यूएसबी केबल अर्थात तपाईँले ब्लूटूथको माध्यमबाट मोबाइलद्धारा ल्यापटपमा इन्टरनेट चलाउन सक्नुहुनेछ भने अर्को भनेको डाटा केबल अर्थात यूएसबी तारबाट आफ्नो ल्यापटपमा कनेक्ट गरेर इन्टरनेट चलाउन सक्नुहुनेछ ।
त्यस्तै यसबाहेक तपाईँले आफ्नो मोबाइलको ब्लूटूथ अन गर्नुपर्ने हुन्छ र ल्यापटपमा भएको ब्लूटूथसँग पेयर गर्नुपर्ने हुन्छ । यसको लागि मोबाइलको सेटिंगमा गएर पेयर डिभाइस अप्शनमा क्लिन गर्नुस र आफ्नो ल्यापटपलाई फोनका साथमा जोडेर इन्टरनेट चलाउनुस् ।
डाटा केबलद्धारा पीसी वा ल्यापटपमा इन्टरनेट चलाउनका लागि फोनमा डाटा केबल कनेक्ट गरेपछि त्यसलाई ल्यापटपमा जोड्नुस् ।
यसको लागि तपाईँको पीसीमा पीसी सूट हुनुपर्दछ । यदि छैन भने त्यसलाई निशुल्क डाउनलोड गर्न सकिन्छ । डाटा केबल कनेक्ट गरेपछि ल्यापटपमा पीसी सूट खोल्नुस र इन्टरनेट भीया डाटा केबल अप्सन सेलेक्ट गर्नुस् ।
हटस्पट प्रयोग (HotSpot)
यदि तपाईँ स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने त्यसमा भएको हटस्पटलाई प्रयोग गर्न सकिन्छ । हटस्पटको मद्धतबाट तपाईँले एक वा दुई वा त्यो भन्दा पनि धेरै ल्यापटप वा अन्य डिभाइसहरुमा इन्टरनेट जोड्न सक्नुहुनेछ। यो फीचरले तपाईँको मोबाइललाई वाईफाई डिभाइसमा परिवर्तन गरिदिन्छ ।
यसको लागि स्मार्टफोनको हटस्पट अप्शनमा जानुहोस र त्यसलाई अन गर्नुस् । त्यसपछि आफ्नो ल्यापटपको वाईफाई अन गरेर मोबाइल हटस्पटद्धारा कनेक्ट गर्नुस । यसको लागि तपाईँको मोबाइलमा हटस्पट पासवर्ड सेट गर्नुपर्नेछ जसलाई तपाईँले कनेक्ट गर्ने बेलामा आफ्नो ल्यापटपमा पनि राख्नुपर्दछ ।
प्रकाशित: ७ असार २०७६, शनिबार