ह्वावेको ७ नानोमिटरको किरिन ८१० चीपसेट सार्वजनिक, मिडरेन्ज स्मार्टफोन लक्षित

Technology Khabar ६ असार २०७६, शुक्रबार

ह्वावेको ७ नानोमिटरको किरिन ८१० चीपसेट सार्वजनिक, मिडरेन्ज स्मार्टफोन लक्षित
Global IME Bank

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावेले नोभा ५ सिरिजका साथै आफ्नो नयाँ चीपसेट पनि लन्च गरेको छ । कम्पनीले शुक्रबार चीनमा आयोजित इभेन्टमा नयाँ सेभेन नानोमिटरको चीपसेट पनि लन्च गरेको छ, जसलाई हिसिलिकन किरिन ८१० नामले चिनिनेछ ।

ह्वावेको नयाँ चीपसेट क्वालकमको स्न्यापड्रागन ८५५, एप्पलको ए१२ र हिसिलिकन किरिन ९८० जस्तै ७ नानोमिटर प्रोसेसमा बनेको हो । यो नयाँ चीपसेटका साथमा ह्वावे मात्र यस्तो कम्पनी हो जसले सेभेन एनएम प्रोसेसको चीपसेट उत्पादन गर्दछ ।

दुईवटा ७ नानोमिटर चीपसेटमध्ये एउटा कम्पनीले फ्ल्यागशिप स्मार्टफोनमा प्रयोग गर्दछ भने अर्को मिडरेन्जको डिभाइसमा प्रयोग गर्न ल्याएको हो । किरिन ८१० ले टिएसएमसीको ७एनएम प्रोसेस प्रयोग गर्दछ, जुन सामसंगको ८एनएम प्रोसेसको ट्रान्जिस्टर डेन्सिटीभन्दा ५० प्रतिशत उच्च छ । त्यस्तै १० एनएम प्रोसेस भन्दा ६४ प्रतिशत उच्च छ ।

यसले १० एनएम प्रोसेस भन्दा २८ प्रतिशत कम उर्जा खपत गर्दछ ।

नयाँ चीपसेटले ह्वावेको डाभिन्ची आर्किटेक्चर एपीयूलाई ग्रहण गर्दछ । यसबाहेक किरिन ८१० ले ए७६ बिक कोरलाई प्रयोग गदर्दछ । जसमा दुई उच्च दक्षता देखाउने ठूला कोर कोटेक्स ए७६ प्लस कोर्टेक्स ए५५ संगै प्रयोग गर्दछ ।

सीपीयू क्लक स्पीड २.२७ गीगाहर्ज छ भने यसललाई हेक्साकोर माली जी५२ जीपीयूसँग इन्टिग्रेट गरिएको छ।

यो चीपसेटमा ह्वावेको एचआईएआई २.० टेक्नोलोजी, एआई भिडियो, एआई गेम्स, एआई यूएस अडियो, फ्ल्यागशिप आईएसपी इमेज प्रोसेसरलगायत छन् ।

यसले ड्यूल कार्ड ड्यूल स्ट्याण्डबाई अर्थात ड्यूल भोल्टेका साथमा किरिन गेमिंग प्लस टेक्नोलोजी पनि सपोर्ट गर्दछ ।

Sajilo Visa

प्रकाशित: ६ असार २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया