Technology Khabar ६ असार २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । विभिन्न एप्समा डार्क मोड फीचर राख्ने प्रचलन बढ्दो छ । सन् २०१९ लाई डार्केस्ट इयर इन मोबाइल ओएस हिस्ट्रीसमेत भन्न थालिएको छ । किनकी डार्कमोड फीचर एन्ड्रोयड र आईओएसमा आधिकारीकरुपमा नै सिस्टममा उपलब्ध रहेको छ ।
यसबाहेक गूगल र एप्पलले आफ्ना थप मोबाइल एप्समा डार्क थीम राख्न निकै व्यस्त भएका छन् । यसको पछिल्लो उदाहरण भनेको जीमेलमा आएको डार्क मोड हो । जीमेलको एन्ड्रोयड भर्सनमा डार्क मोड ल्याएको छ र यसलाई रोलआउट गरिरहेको छ । अझैपनि सुधारमा रहेको सो डार्कमोड थीम विभिन्न प्रयोगकर्ताहरुले पाईरहेका छन् ।
अहिलेको लागि डार्क थीम जीमेल एप्सको सेटिंग्समा मात्र रहेको छ । तपाईँले यसलाई मुख्य विण्डो अथवा साइडबारमा पाउन सक्नुहुन्न् ।
गूगलले डार्कमोड थीममा अझै काम गरिरहेको छ र यो औपचारिकरुपमा छिटै आउने अनुमान गरिएको छ । गूगलले एन्ड्रोयड क्यू आउँदो अगस्टमा लन्च गर्नेबेलासम्ममा डार्कमोड आउनेसक्नेछ ।
प्रकाशित: ६ असार २०७६, शुक्रबार