सामसंग ग्यालेक्सी नोट १० सिरिजमा ‘साउण्ड अन डिस्प्ले’ टेक्नोलोजी हुने, अगस्ट ७ मा लन्च गरिने

Technology Khabar ५ असार २०७६, बिहीबार

सामसंग ग्यालेक्सी नोट १० सिरिजमा ‘साउण्ड अन डिस्प्ले’ टेक्नोलोजी हुने, अगस्ट ७ मा लन्च गरिने

काठमाडौं ।

काठमाडौं । सामसंगको नयाँ प्रिमियम स्मार्टफोन ग्यालेक्सी नोट १० सिरिज लन्च गर्ने तयारी भईरहेको छ । सो स्मार्टफोनको बारमो विभिन्न रिपोर्टहरु धेरै अगाडिदेखि आईरहेका छन भने फीचरहरुको बारेमा पनि जनकारीहरु उपलब्ध हुने गरेका छन् ।

अब भने कम्पनीले सो स्मार्टफोन लन्च गर्ने मिती खुलासा भएको छ । सामसंगले नोट सिरिजाई आउँदो अगस्ट ७ तारिखमा लन्च गर्ने रिपोर्ट आएको छ । सो इभेन्ट न्यूयोर्कको ब्रुकलिनमा हुने बताइएको छ ।

तर सो मितीमा कम्पनीले लन्च गर्दछ वा गर्दैन भन्ने अझै आशंका रहेको छ किनकी सो दिन शनिवार परेको छ ।सामसंगको नोट १० सिरिजमा दुईवटा प्रिमियम स्मार्टफोनहरु आउनेछ जसमा ग्यालेक्सी नोट १० र ग्यालेक्सी नोट १० प्रो हुनेछ ।

नोट १० को बेस मोडलमा ६.४ इन्चको डायनामिक एमोलेड डिस्प्ले राखिने छ भने १२८ जीबी बेस स्टोरेज हुनेछ । त्यसैगरि यसमा ४,१७० एमएएचको ब्याट्री प्याक हुनेछ । यसबाहेक नोट १० प्रो मोडलमा ६.८ इन्चको डायनामिक एमोलेड डिस्प्ले हुनेछ भने यसमा २५६ जीबीको बेस स्टोरेज हुनेछ । यसमा ब्याट्री क्षमता भने समान हुनेछ ।

यसबाहेक नोट १० सिरिजको दुबै मोडलहरुमा साउण्डको लागि नयाँ फीचर राखिनेछ । यसमा साउण्ड अन डिस्प्ले टेक्नोलोजी हुनसक्नेछ जसले आवाजलाई डिस्प्लेको भित्रबाट सुनाउने छ ।

नोट १० सिरिजमा ट्रिपल क्यामरा सेटअप हुने अनुमान छ भने यो स्मार्टफोन एक्सनोज ९८२० र स्न्यापड्रागन ८५५ प्रोसेसर सहित आउनेछ ।

easy care

प्रकाशित: ५ असार २०७६, बिहीबार