भिडियो तथा इलेक्ट्रोनिक गेमिंग बजार निरन्तर बढ्दै,आम्दानीमा यो वर्ष अमेरिकाले चीनलाई उछिन्ने

Technology Khabar ४ असार २०७६, बुधबार

भिडियो तथा इलेक्ट्रोनिक गेमिंग बजार निरन्तर बढ्दै,आम्दानीमा यो वर्ष अमेरिकाले चीनलाई उछिन्ने
क्यान इन्फोटेक २०१९ मेलामा पबजी गेम खेल्दै एक युवक। फाइल तस्बिर

काठमाडौं ।

काठमाडौं । विश्वभर भिडियो तथा इलेक्ट्रोनिक गेमको बजार निरन्तर बढिरहेको छ । हालै सार्वजनिक एक रिपोर्टकाअनुसार पनि यो वर्षमा भिडियो तथा इलेक्ट्रोनिक गेमको बजार ९.६ प्रतिशतले वृद्धि हुने देखाएको छ ।

न्यूजूले हालै सार्वजनिक गरेको गेमिंग एनालाइटिक्स रिपोर्टकाअनुसार भिडियो तथा इलेक्ट्रोनिक गेमिंगको कन्टेन्ट र कम्यूनिकेसनको वृद्धिदर गत वर्षभन्दा ९.६ प्रतिशतले बढेर सन् २०१९ मा १५२.१ विलियन अमेरिकी डलर पुग्नेछ ।

विश्व बजारमा भिडियो तथा इलेक्ट्रोनिक गेमको उत्पादन र माग बढिरहेको र डिजिटल इन्टरटेनमेन्टको विभिन्न रुपहरु एकैपटक आउँदा यो वृद्धिदर बढ्दै जाने विश्लेषकहरुले अनुमान गरेका छन् ।

गेमहरु पछिल्ला दिनहरुमा कनेक्टिभिटीको माध्यको रुपमा प्रयोग हुन थालेको छ भने फोर्टनाइट गेम उत्पादक कम्पनी इपिक गेम्स इंकजस्ता कम्पनीहरुले भने यसलाई कम्यूनिकेसन प्लेटफर्मको रुपमा लिन थालेका छन् ।

रिपोर्टअनुसार यो वर्ष अमेरिकाले विश्वको सबैभन्दा ठूलो गेमिंग बजारको रुपमा रहेको चीनलाई उछिन्ने छ भने अमेरिकाले ३६.९ बिलियन डलर आम्दानी गर्नेछ । त्यस्तै चीनले भने ३६.५ विलियन डलर आम्दानी गर्ने अनुमान गरिएको छ । अमेरिकाको बजार वृद्धि हुनुमा फोर्टनाइट गेमको प्रभाव र कन्सोल गेम्समा भएको वृद्धिलाई कारण मानिएको छ भने अर्को तर्फ चीनमा नयाँ गेमहरुलाई सरकारले यसअघि लगाएको रोकले असर पार्ने बताईएको छ ।

यसका साथै जापानी कम्पनीहरु पनि पुन बजारमा आउने तयारी गरिरहेको छन विशेषगरि रेट्रो गेम्सको माध्यमबाट । सन् १९९७ मा जापानको स्क्वायर निक्स होल्डिंग्स कम्पनी लिमिटेडले सार्वजनिक गरेको फाइनल फ्यान्टासी ७ आगामी वर्ष फेरी आउने तयारीमा छ भने अन्य गेमहरु पनि जापानमा आउन लागेका छन् ।

त्यसैगरि निनटेण्डो र बान्दाई नाम्को होल्डिंग्स पनि आम्दानीको हिसावले नवौं र दशौं स्थानमा रहेका छन् । जापानमा शुल्क तिरेर गेम उपलब्ध गराउने भन्दा पनि फ्रि टू प्ले गेमको मोडल बढेसँगै आम्दानी पनि बढ्ने अनुमान छ ।

स्मार्टफोन र ट्याबलेटमा खेलिने मोबाइल गेगको तुलनामा पिसी र कन्सोल गेमको हिस्सा अझै पनि ठूलो रहेको छ । जसले ६८.५ बिलियन डलर अर्थात विश्व गेमिंग बजारको कुल ४५ प्रतिशत हिस्सा ओगटेको छ । एजेन्सी

easy care

प्रकाशित: ४ असार २०७६, बुधबार