रेनोको इलेक्ट्रिक कार ‘जोई’ को अपडेटेड भर्सन सार्वजनिक, अधिक ब्याट्री क्षमता र डिजाइनमा सुधार

Technology Khabar ४ असार २०७६, बुधबार

रेनोको इलेक्ट्रिक कार ‘जोई’ को अपडेटेड भर्सन सार्वजनिक, अधिक ब्याट्री क्षमता र डिजाइनमा सुधार
NTC_Advt

काठमाडौं ।

काठमाडौं । फ्रेन्च अटोमेकर कम्पनी रेनोले आफ्नो इलेक्ट्रिक कारको अपडेटेड भर्सन लन्च गरेको छ ।

कम्पनीले इलेक्ट्रिक कार जोईको केहि डिजाइन परिवर्तन गरेर ठूलो ब्याट्री क्षमताका साथ अधिक रेन्ज, तिब्र गति र अधिक पावरसहितको अपडेटेड भर्सन ल्याएको हो ।

अपडेटेड भर्सनको जोई इलेक्ट्रिक कारमा विशेषगरि इन्टेरियर डिजाइनमा सुधार गरिएको छ भने यात्रु बस्नको लागी अरामदायी र सहज बनाईएको छ । नयाा जोईमा १० इन्चको ड्राभर डिस्प्ले पनि समावेश गरिएको छ जून इन्ट्रि लेभलदेखि उपलब्ध हुने बताईएको छ ।

रेनोको नयाँ इलेक्ट्रिक कारको मुख्य अपग्रेड भनेको यसको ब्याट्री क्यापासिटी हो । रेनो जोई २०२० मा ५२ किलोवाट क्यापासिटीको ब्याट्री प्याक राखिएको छ । यसले ३९० किलोमिटरको रेन्ज प्रदान गर्दछ । यसमा नयाँ १०० किलोवाटको मोटर समेत राखिएको छ जसले यसअघिको भन्दा अधिक पावर प्रदान गर्दछ ।

कारमा अर्वान ड्राइभिंग मोड थप गरिएको छ जसमा पटक पटक ब्रेक लगाईरहनुपर्ने झन्झटलाई कम गर्नेछ भने यसले थप आराम र सुरक्षा दिने कम्पनीले बताएको छ ।

प्रकाशित: ४ असार २०७६, बुधबार