Technology Khabar ४ असार २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । फोन नम्बर र प्रयोगकर्ताको बारेमा जानकारी दिने एप ट्रूकलरले अब भ्वाइस फीचर पनि उपलब्ध गराएको छ । ट्रूकलरको भ्वाइस फीचर भीओआईपी प्रोटोकलमा आधारित रहेर प्रयोग गर्न सकिने छ ।
ट्रूकलरको भ्वाइस फीचर एन्ड्रोयड डिभाइसहरुमा जूलाई १० तारिखदेखि नै शुरु भईसकेको भएपनि कम्पनीले मंगलबार मात्र घोषणा गरेको हो । आगामी साताहरुमा यो फीचर आईओएस भर्सनमा पनि उपलब्ध हुने अपेक्षा गरिएको छ ।
ट्रूकलर भ्वाइस अन्य भीओआईपी एपहरुको जस्तै काम गर्नेछ ।
यदि तपाईँ ट्रूकलर यूजर हो भने तपाईँ यसको यूआईबाट यसअघि नै परिचित हुनुहुन्छ । जसमा यसअघि नै डायलर राखिएको छ भने यसले तपाईँको कन्ट्याक्टसम्म पहुँच पुर्याउँछ । अब तपाईँले सोहि यूआई प्रयोग गरेर कल गर्न सक्नुहुनेछ र त्यो कल भीओआईपीको माध्यमबाट अन्य ट्रूकलर यूजरलाई गर्न सकिने छ ।
यसअघि सम्म कलर आईडी एपको रुपमा आफूलाई बिस्तार र विकास गर्दै लगेको ट्रूकलर एपले अब भने भ्वाइसको सुविधा पनि दिएको हो । यो एपमा केहि वर्ष अगाडिदेखि नै एसएमएस पठाउन सकिने सुविधा रहेको छ ।
अब भने ट्रूकलरको प्रयोगकर्तालाई ट्रूकलरमार्फत एसएमएस पठाउँदा कुनै शुल्क लाग्नेछैन् ।
तर ट्रूकलर एपमा थप गरिएको भ्वाइस फीचर कतिको सुरक्षित छ भन्ने प्रश्नको बारेमा भने कम्पनीले केहि बोलेको छैन् । यो सेवा इन्क्रिप्टेड छ वा अन्य सेक्यूरिटी फिचरहरु राखिएको छ भन्ने जानकारी छैन् ।
प्रकाशित: ४ असार २०७६, बुधबार