पाल्म फोन अब स्ट्याण्डअलोन फोनको रुपमा किन्न सकिने, मूल्य ३४९ अमेरिकी डलर

काठमाडौं । टिसीएलअन्तरगतको पाल्म ब्राण्डले सार्वजनिक गरेको पाल्म फोन अब सबैको लागि उपलब्ध भएको छ । यसअघि दोस्रो स्मार्टफोनको रुपमा रहेको पाल्स फोन अमेरिकामा भेरिजोनमा मात्र किन्न सकिने सुविधा थियो ।

तर अब कम्पनीले यसलाई स्ट्याण्डअलोन स्मार्टफोनको रुपमा स्वतन्त्र प्रयोग हुने गरि बिक्रीका लागि उपलब्ध गराएको छ ।

एन्ड्रोयडमा आधारि यो स्मार्टफोनमा १२ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ भने फोनमा ३२ जीबीको स्टोरेज रहेको छ । फोनले आइपी ६८ रग्डनेसको प्रमाण प्राप्त गरेको छ ।

अनलक गरिएको पाल्म फोन अब भने ३४९ अमेरिकी डलरमा पाल्मको वेबसाइटबाट प्रि अर्डर गर्न सकिनेछ । यो फोन टाइटानियम र गोल्ड कलर अप्सनमा उपलब्ध हुनेछ । प्रि अर्डर गरेका ग्राहकहरुले सो फोन अगस्टमा मात्र प्राप्त गर्नेछन् । कम्पनीले यो फोनका साथमा निशुल्क लेदर केस तथा निशुल्क शिपिंगको व्यवस्था गरेको छ ।

अनलक गरिएको पाल्म फोन हाल अमेरिकाको एटी एण्ड टी, भेरिजोन, टी मोबाइललगायतका उपलब्ध हुनेछ ।

‘कम्प्याक्ट भएपनि निकै शक्तिशाली पाल्म फोनले ग्राहकहरुलाई हाम्रो स्क्रीनभन्दा बाहिरको जीवनको के महत्वछ भन्ने अनुमति दिन्छ,’ पाल्मका को फाउण्डर होवार्ड नूकले भने ।

कम्पनीले यसअघि प्रयोग गरिरहेको फोन नम्बर नै प्रयोग गरेर पाल्म फोनलाई आफ्नो मूख्य स्मार्टफोन बनाउन सकिने उल्लेख गरेको छ ।

अमेरिका बाहेक यो फोन बेलायत, जर्मनी, स्पेन, जापान र हंगकंगमा पनि उपलब्ध गराएको छ । कम्पनीले यो स्मार्टफोन अन्य देशहरुमा पनि बिस्तार गर्ने जानकारी दिएको छ ।

Cheap Sex Cam Website