फेसबुकको क्रिप्टोकरेन्सी ‘लीब्रा’ सन् २०२०मा आउने, डिजिटल वालेट ‘क्यालीब्रा’ भयो लन्च

Technology Khabar ३ असार २०७६, मंगलवार

फेसबुकको क्रिप्टोकरेन्सी ‘लीब्रा’ सन् २०२०मा आउने, डिजिटल वालेट ‘क्यालीब्रा’ भयो लन्च

काठमाडौं ।

काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो क्रिप्टोकरेन्सी ल्याउने भएको छ । कम्पनीले आफ्नो सोसियल नेटवर्कलाई बिस्तार गर्न र ई-कमर्श तथा ग्लोबल पेमेन्टमा अगाडि बढ्न क्रिप्टोकरेन्सी लन्च गर्ने योजना सार्वजनिक गरेको हो ।

विश्वको सबैभन्दा ठूलो सोसल मिडिया नेटवर्क भएको फेसबुक इंकले ‘लीब्रा’ (Libra) नामक करेन्सी लन्च गर्ने जानकारी दिएको छ ।

हाल क्रिप्टो करेन्सीमा आधारित क्यालीब्रा नामक प्लेटफर्म लन्च गरेको छ, जो एक किसिमको पेमेन्ट सिस्टम हो जून आगामी वर्ष मात्र उपलब्ध हुनेछ । यो प्लेटफर्म डिजिटल वालेटको रुपमा रहनेछ जसले लीब्रा करेन्सी बचत गर्न, पठाउन र खर्च गर्न सहयोग गर्नेछ ।

क्यालीब्रा फेसबुकको मेसेजिंग प्लेटफर्म मेसेन्जर र ह्वाट्सएपसँग जोडिएको हुनेछ, जोसंग यसअघि नै करोडौं प्रयोगकर्ताहरु रहेका छन् ।

फेसबुकले जेनेभामा आधारित लीब्रा एशोसिएसनमा आधारित विभिन्न २८ वटा पार्टनरहरुसँग पनि सम्बन्ध बिस्तार गरेको छ । यो एसोसिएसनले सन् २०२० को पहिलो अर्ध वार्षिकमा सार्वजनिक हुने नयाँ डिजिटल क्वाइनलाई आफ्नो अधिनमा राख्नेछ । सो एसोसिएसनले ओपन सोर्समा आधारित लीब्रा ब्लकचेन तथा डेभलपर प्लेटफर्मलाई विभिन्न किसिमले प्रबद्र्धन गर्नेछ भने लीब्रालाई पेमेन्टको रुपमा स्वीकारयोग्य बनाउनुका साथै ग्राहकहरुलाई छुट र रिवार्ड दिनसक्नेछ ।
लीब्रा एसोसिएसनमा फेसबुकका साथै उबर, भीसा र एन्ड्रेसेन होरोविजको भोटिंग अधिकार रहेकोछ ।

फेसबुकले विश्वभर निकै मानिसहरुसँग आधारभूत वित्तीय सेवाहरु नभएको बताएको छ । कम्पनीले विश्वका आधा भन्दा बढि वयस्क मानिसहरुसँग सक्रिय बैंक एकाउन्टसम्म छैन र विशेषगरि विकाशसिल मुलुकहरुमा यो अवस्था झनै खराब छ भने महिलाहरुका लागि स्थिती अनुकुल छैन् ।

फेसबुकका ब्लकचेन भाइस प्रेसिडेन्ट डेभिड मार्कोसले भने, ‘यदि अधिक कारोबार भएमा, त्यसपछि अधिक साना व्यवसायहरु अझ धेरै खुल्ने र अझ धेरै बिक्री गर्नेछन्, र उनीहरुले प्लेटफर्ममा अझै बढि विज्ञापन खरिद गर्नेछन जसले गर्दा विज्ञापन व्यवसायको लागि फाईदा हुनेछ ।’

लीब्रा नाम रोमन तौल मापनबाट लिईएको हो जून ज्योतिषशास्त्रअनुसार न्यायको लागि परिचित छ ।

फेसबुकको यो प्रोजेक्टमा अन्य चर्चित कम्पनीहरु पनि समावेश रहेका छन्, जसमा मास्टरकार्ड इंक, भीसा इंक, स्पोटिफाई टेक्नोलोजी एसए, पेपाल होल्डिंग्स इंक, ईबे ईंक, उबर टेक्नोलोजीज इंक र भोडाफोन ग्रुप पीएलसी, लिफ्ट, मर्स कर्पस्, वोमेन्स वल्ड बैंकिङ्ग लगायत रहेका छन् ।

उनीहरुले लीब्रा सन् २०२० सम्म लन्च हुँदा १०० सदस्यहरु हुने अपेक्षा गरेका छन् । लीब्रा एसोसिएसनमा सदस्य हुनका लागि प्रत्येक कम्पनीहरुले कम्तीमा १० मिलियन अमेरिकी डलर लगानी गर्नुपर्ने हुन्छ ।

क्यालीब्रा प्लेटफर्मले लीब्रा प्रयोग गर्ने ग्राहकहरुको गुनासो परीक्षण गर्ने, भेरिफिकेसन प्रयोग गर्ने र एन्टि-फ्रड प्रोसेसलाई रोक्नेलगायतका काम गर्ने फेसबुकले जानकारी दिएको छ । फेसबुककाअनुसार यसबाट हुने कारोबार खर्च अन्य मर्चेन्टहरुभन्दा निकै कम हुनेछ भने प्रत्येक क्रिप्टोकरेन्सी लिब्रा सरकारी सर्पोट रहेको सम्पत्तिद्धारा संरक्षित हुने बताईएको छ ।

फेसबुकले यदि कुनै ग्राहकरुले लिब्रामार्फत हुने फ्रडबाट रकम गुमाएमा त्यसलाई रिफण्ड गर्ने योजना समेत लिएको छ ।

फेसबुकले ल्याएको नयाँ क्रिप्टोकरेन्सीको बारेमा कम्पनी निकै उत्साहित भएपनि यसलाई लाग्दै आएको प्रयोगकर्ताको गोपनियता विषय र नियामक निकायको अवरोध भने निकै कठिन हुनेछ ।

Global Bank
easy care

प्रकाशित: ३ असार २०७६, मंगलवार

ताजा समाचार